News Portal

स्थानीय तहको पुरै परिणाम सार्वजनिक नहुदै सत्ता गठबन्धनमा सकस

हिमालीसंचार संवाददाता
३५६ पटक

काठमाडौं – स्थानीय तह निर्वाचनको पुरै परिणाम नआउँदै सत्ता गठबन्धन धरमराएको छ। सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाका नेताहरू चुनावी परिणामलाई लिएर आरोप प्रत्यारोपमा उत्रिन थालेका छन्। अहिलेसम्म घोषित परिणामअनुसार अग्रस्थानमा रहेको काँग्रेसले चुनावमा अन्य सहयात्री दललाई पर्याप्त सहयोग नगरेको गुनासोसँगै आरोप प्रत्यारोप सुरु भएको हो।

काँग्रेसका नेताले सहयात्री दलसँग पर्याप्त जनमत नभएको र नेता-कार्यकर्तासमेत नभएको तथा कतिपय काँग्रेसका कार्यकर्ताले काँग्रेसबाहेक कम्युनिष्ट पार्टीका उम्मेदवारलाई मतदान गर्न अप्ठेरो परेका कारण उनीहरूले अपेक्षित नतिजा हासिल गर्न नसकेको बताएका छन् । नेकपा माओवादी र नेकपा एसले स्थानीय चुनावमा काङ्ग्रेसबाट पर्याप्त सहयोग नभएको गुनासो गरिरहेका बेला काँग्रेसका नेताहरूबाटै यस्तो धारणा आएको हो। 

स्थानीय तहको निर्वाचनको पुरै परिणाम सार्वजनिक नहुँदै जनता समाजवादी पार्टी (जसपा) का नेताहरूले गठबन्धनमा रहेका अन्य दलबाट आफूलाई धोका भएको निष्कर्ष निकालिसकेका छन्। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...