News Portal

धरान अपडेटः धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अझै निरन्तर अग्रता

हिमालीसंचार संवाददाता
३२४० पटक

धरान – धरान उपमहानगरपालिका धरानमा सामाजिक अभियन्ताको परिचय बनाएका धरान नगरका मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १०००१  मत प्राप्त गरेर पछिल्लो समय निरन्तर रुपमा आफ्नो अग्रता कायम राखिरहेका छन्।

धरानमा अहिलेसम्म ३३९७३ मत गणना सम्पन्न हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले नेपाली कांग्रेसका उम्मेदवार किशोर राई भन्दा ५०० मतले अगाडी रहेका छन् । 

गठबन्धनबाट नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ९५०१ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेकी मञ्जु भण्डारी सुबेदीले ७६७८ मत प्राप्त गरी साम्पाङ र राईलाई पछ्याई रहेकी छिन्।  

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उपमेयरका उम्मेदवार आइन्द्रविक्रम बेघाले १०८३३ मत प्राप्त गरी अग्रस्थानमा छन् भने नेकपा एमालेका उपमेयर पदका उम्मेदवार पदम इस्बो लिम्बुले १०३२८ मत प्राप्त गरेका छन् । 

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...