News Portal

सगरमाथा चढेर फर्किएका राजु लामा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

हिमालीसंचार संवाददाता
२५२ पटक

काठमाडौं – सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसै साता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

गायक राजु लामाले  ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । जहाँ उनले नयाँ गीतसहित मंगोलियन हार्टका चर्चित गीतहरु गुन्गुनाए ।

न्यानो स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’

उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।

हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफु अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।

तस्वीर उद्धव रसाईली

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...