News Portal

  • सगरमाथा चढेर फर्किएका राजु लामा, त्रिभुवन विमानस्थलमा भव्य स्वागत

    हिमालीसंचार संवाददाता
    २०५ पटक

    काठमाडौं – सगरमाथा आरोहणपछि बिहीवार काठमाडौं फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका यी गायकलाई स्वागत गरियो । जलवायु परिर्वतनविरुद्धको सन्देश दिन उनी यसै साता इम्याजिन नेपाल एक्सिपिडिसनमार्फत विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए ।

    गायक राजु लामाले  ६ हजार ५०० मिटर उचाइको क्याम्प-३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । जहाँ उनले नयाँ गीतसहित मंगोलियन हार्टका चर्चित गीतहरु गुन्गुनाए ।

    न्यानो स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक लामाले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’

    उनले अगाडि भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।

    हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफु अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।

    तस्वीर उद्धव रसाईली

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...