News Portal

  • पल शाहको मुद्दाको सुनुवाइ अर्को सातासम्म स्थगित

    हिमालीसंचार संवाददाता
    १५४ पटक

    पोखरा – अभिनेता पूर्णविक्रम शाह ‘पल’ जोडिएको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ ।

    एक नाबालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाइ स्थागित भएको उच्च अदालत पोखराका रजिस्टार श्रीलाल पौडेलले बताए । उनका अनुसार अब अर्को हप्ता बिहीबार यो मुद्दामा सुनुवाइ हुनेछ 

    ‘शाहकै वकिल देवेन्द्रनाथ खनालले सुनुवाइ हटाउनु भएको रहेछ, अर्को हप्ता फेरि सुनुवाइ हुनेछ’ उनले भने । उक्त मुद्दा न्यायाधीशद्वय डिल्लीराम आचार्य र ऋषिराज भण्डारीको संयुक्त इजलासमा परेको थियो ।

    नाबालिग बलात्कार गरेको अभियोगमा पल शाहलाई तनहुँ र गैंडाकोट अदालतबाट पुर्पक्षका लागि थुनामा गएका थिए । उक्त आदेशविरद्ध शाहले उच्च अदालत, पोखरामा निवेदन दिएका थिए ।

    शाहका म्यानेजर कृष्ण जोशीलाई अदालतले धरौटीमा छाड्न दिएको आदेशविरुद्ध पनि सरकारी पक्षले उच्च अदालतमा निवेदन दिएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...

    युवा शक्ति टीम कुवेतद्वारा नेपाली दूतावासमा ज्ञापनपत्र बुझाए

    कुवेत – नेपाली श्रमिकहरूको हक हित,सुरक्षा र समस्याहरूको समाधानको माग गर्दै कुवेतस्थित युवा शक्ति टीम कुवेतले नेपाली...