News Portal

धरान अपडेटः स्वतन्त्र मेयर पदको उम्मेदवार हर्क साम्पाङको अग्रता कायमै

३०४५९ मत गणना हुदा १४० मतको अग्रता

हिमालीसंचार संवाददाता
३३५४ पटक

धरान – धरान उपमहानगरपालिका धरानको मतगणनाको मतपरिणाम सार्वजनिक हुदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले ८८१८ मत प्राप्त गरी अग्रता कायम राखेका छन् ।

निर्वाचन आयोगको कार्यालयले अहिलेसम्म ३०४५९ मत गणनाको मतपरिणाम सार्वजनिक गरेको हो । गठबन्धनबाट नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार किशोर राईले ८६७८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुबेदीले ७०६६ मत प्राप्त गरी तेस्रो स्थानमा छिन् ।

त्यस्तै, उपमेयर तर्फ गठबन्धनबाट उपमेयर पदको उम्मेदवार अइन्द्रबिक्रम बेघाले ९७४५ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार पदम इस्वोले ९४०१ मत प्राप्त गरेका छन् । धरानको वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, १८ र १९ को मतगणना सम्पन्न भएको छ । अहिले वडा नं. ८, ११ र १२ को मतगणना भइरहेको छ भने धरान वडा नं २० को मतगणना स्थगित गरिएको छ । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...