News Portal

धरान उपमहानगरपालिका धरानको मतगणना भोली विहान शुरु हुने

हिमालीसंचार संवाददाता
५८९ पटक

धरान – धरान उपमहानगरपालिका धरानमा आज सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना भोली विहान हुने भएको छ । निर्वाचन अधिकृत पुष्करराज नेपालले शुक्रबार रातीसम्म मतपेटिका संकलन गरेर सुरक्षित भण्डारण गर्ने कार्य जारी रहेकाले भोली विहान मात्र मतगणना शुरु हुने जानकारी दिए ।

उनका अनुसार बिहिबार भएको सर्वपक्षीय तथा सर्वदलीय बैठकले पनि शनिबार बिहान ८ बजेदेखि मात्र मतगणना शुरु गर्ने निर्णय गरेको थियो । अहिले ‘मतपेटिका जिम्मा लिने काम भइरहेको छ । मतगणना भोली बिहानदेखि मात्र शुरु हुन्छ। यो हिजो कै निर्णय हो,’ नेपालले भने । निर्वाचन अधिकृत नेपालले बिहान उम्मेदवार, राजनीतिक दलहरुलाई जानकारी दिएको बताए। 

धरान उपमहानगरपालिका धरानमा कुल मतदाता संख्या १ लाख ३२४ रहेको छ । अहिलेसम्म पनि निर्वाचन अधिकृतको कार्यालयले विवरण उपलब्ध गराउ सकेको छैन । मतदानस्थलबाट मतपेटिका संकलन र भण्डारणमा समय लागिरहेको कारण मतदान अधिकृतहरुबाट सहि तथ्यांक लिन समय लागेकोले उक्त संख्या उपलब्ध गराउन ढिलाई भएको अधिकृत नेपालले बताए । 

निर्वाचन कार्यालयले आज खसेको कुल मत आधिकारिकरुपमा उपलब्ध नगराए पनि राजनीतिक दलका नेता, कार्यकर्ताहरुले भने अनुमानित आफैले सामाजिक सञ्जालमार्फत आज धरानमा खसेको मत सार्वजनिक गरिरहेका छन् । तर उनीहरुले सार्वजनिक गरेका मत परिणाम एक रुपता छैन। 

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...