News Portal

सुनसरीको एक मतदान केन्द्रमा राइफल पड्किदा भागडौड

हिमालीसंचार संवाददाता
४७३ पटक

धरान – सुनसरी जिल्लाको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालयको मतदानस्थलमा सुरक्षामा खटिएका सुरक्षाकार्मीले बोकेको राइफल अचानक पड्किदा भागडौड भएको छ।

जवानले बोकेको राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो । प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको हो।

घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राइफल के कारणले पड्किएको भन्ने खुलेको छैन । घटनाले मतदान प्रक्रियामा भने कुनै असर गरेको छैन । प्रदेश १ प्रहरी कार्यालय विराटनगरले घटनाका बारेमा थप अनुसन्धान हुने बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...