News Portal

  • राष्ट्रिय परिचयपत्र छपाइ सुरु

    हिमालीसंचार संवाददाता
    २५८ पटक

    काठमाडौं। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले परिचयपत्र छपाइ प्रक्रिया सुरु गरेको छ। फ्रान्सको आइडिमिया सेक्युरिटी एण्ड आइडेन्टिटी कम्पनीबाट परिचयपत्रको कार्ड ल्याएपछि छपाइ प्रक्रिया सुरु भएको विभागले जनाएको छ।

    अहिले विभागमा ३१ लाख ४७ हजार कार्ड आइपुगेको र बाँकी आठ लाख आउने क्रममा रहेको विभागका महानिर्देशक तीर्थप्रसाद भट्टराईले जानकारी दिए।

    यो वर्षभरिमा ५० लाख कार्ड आपूर्ति गर्ने विभागको लक्ष्य छ। मेसिनले एक घण्टामा ११ वटा कार्ड छाप्ने भएकाले परिचयपत्र फाराम भरेर अन्य प्रक्रिया पूरा गरेकाले छिट्टै कार्ड पाउने विभागले जनाएको छ। विभागले अहिलेसम्म परिचयपत्रका लागि ६७ लाख ७९ हजार ६४२ जनाको आवेदन लिएको छ।

    विभागले इलाम, भोजपुर, ताप्लेजुङ, झापा, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा, उदयपुर, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रेपलाञ्चोक, भक्तपुर, कास्की, पाल्पा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), गुल्मी, मनाङ, सल्यान, सुर्खेत, डडेलधुरा, अछाम, कञ्चनपुर, डोटी, कैलाली र भक्तपुर गरी ३१ जिल्लामा परिचयपत्रको अभियान सकेको छ।

    त्यस्तै, ३३४ पालिका र तीन हजार ४५ वडामा अभियान सम्पन्न भएको महानिर्देशक भट्टराईले जानकारी दिए। अहिले सुनसरी, मोरङ, सप्तरी, सिन्धुपाल्चोक, ललितपुर, तनहुँ, रुपन्देही, मुस्ताङ, स्याङ्जा, कपिलवस्तु, पर्वत, बर्दिया र रुकुम (पश्चिम) बैतडीमा परिचयपत्रको अभियान सञ्चालन भइरहेको छ।

    राष्ट्रिय परिचयपत्रको एकीकृत सेवामा राहदानी विभागसँग एकीकृत प्रणाली भई राष्ट्रिय परिचयपत्रमार्फत ई–पासपोर्ट लागू भइसकेको छ।

    ‘सीएमआईएस’ प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको र भीईआरएसपी–एमआईएस प्रणाली एकीकृत भई कार्यान्वयनमा रहेको, सञ्चयकोष र आन्तरिक राजस्वको प्रणालीसँग आबद्धताको चरणमा रहेको महानिर्देशक भट्टराईले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...

    क्यानडामा एनआरएनए अध्यक्षमा चन्द्रा अधिकारीको उम्मेदवारी

    टोरन्टो। क्यानडामा नेपाली समुदायमाझ सामाजिक कार्यमा दत्तचित्त युवा नेतृ चन्द्रा (चन्दा) अधिकारीले आफ्ना ठोस योजनासहित...

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...