News Portal

चितवनको भरतपुरमा कांग्रेस प्रतिनिधिको हत्या (विज्ञप्ति सहित)

हिमालीसंचार संवाददाता
२७३ पटक

भरतपुर – भरतपुरमा आइतबार साँझ धारिलो हतियार प्रहारबाट हत्या भएका युवक कांग्रेसका वाग्मती प्रदेश प्रतिनिधि रहेको कांग्रेस चितवनले जनाएको छ ।

स्थानीय तहका चुनावका लागि प्रचारप्रसारका सिलसिलामा आफ्ना प्रतिनिधिको सांघातिक आक्रमणबाट मृत्यु भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध तुल्याएको सभापति राजेश्वर खनालले विज्ञप्तिमा जनाएका छन् । 

कांग्रेसले उक्त घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि सजायको माग समेत गरेको छ । महानगरपालिका-१२ घर भएका अनिल परियार कृष्णपुर फुटबल मैदान नजिक आइतबार साँझ पौने आठ बजेतिर घाइते अवस्थामा फेला परेका थिए । 

उनको शरीरका विभिन्न ठाउँमा धारिलो हतियारले प्रहार भएको देखिएको परियारको उपचारका लागि भरतपुरको चितवन मेडिकल कलेज लैजाँदा लैजादै बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...