News Portal

कपुरले यी १२ रोग निको पार्छ

हिमालीसंचार संवाददाता
३१६ पटक

कपुर परापूर्वकाल देखि पूजा-आजा र आयुर्वेदिक प्रयोजनका लागि प्रयोग गर्दै आएका छौं। खाद्यान्न भण्डारणको लागि पनि कपुर लामो समयदेखि प्रयोग गरिदै आएका छौं।

खाद्यान्नमा घून, किरा, कमिला इत्यादी नलागोस् भन्नको लागि बट्टामा कपुर राखेर खाद्यान्नको भण्डारमा राख्ने प्रचलन धेरै पूरानो हो। कपुरमा धेरै औषधीय गुण रहेका छन्। ढाड दुख्ने, दाँत दुख्ने, शरीरका खटिरा इत्यादी स्वास्थ्य समस्यालाई निको बनाउन कपुरको प्रयोग गर्न सकिन्छ। ढाड दुख्ने समस्या युवक देखि उमेर ढल्केका हरेक मानिसमा हुन सक्छ।

हाम्रो ढाड दुखेको खण्डमा दुखाइ कम गर्न कपुरलाई प्रयोग गर्न सकिन्छ। ढाड दुखेको खण्डमा दुई पुरिया कपुरमा एउटा कागतीको रस मिसाएर मनतातो पानी पारी दुखेको ठाँउमा लगाउन सकिन्छ। यी बाहेक कपुरलाई निम्न स्वास्थ्य समस्यामा पनि प्रयोग गर्न सकिन्छ।

दम रोगमाः कपुरको प्रयोग दम रोगिहरुले प्रयोग गर्न सक्छन् । एक भाग फुराएको हिङमा एक भाग कपुर मिसिएर केराउको दाना जत्रो गोली बनाउने र दुईदुई गोली तातो पानीसँग बिहानबेलुका सेवन गर्ने तथा तारपिनको तेल छातीमा लगाउनाले दम केहि महिनामै निको हुन सक्छ।

पुरानो खोकीमाः सूठो, पिप्ला र मरिच एकएक भाग तथा ३ भाग कपुर पानी हालेर केराउको गेडा जत्रो गोली बनाउने एकएक गोली दिनमा तीनचार पटक चुस्ने गरेमा पुरानो खोकी ठीक हुन्छ।

खोकी लागेमाः साधारण खोकीमा कपुर बालेर धूवाँ सुँघ्नाले ठीक हुन्छ।

आउँ बाथ भएमाः दुई चक्की कपुर र आधा चम्चा सूठो एक ग्लास पानीमा पकाएर खाने बेलामा खाने गरेमा जीर्ण, आउँ, बाथ सबै ठीक हुन्छ।

पुरानो बाथमाः एक डाडु रायोको तेलमा एक चम्चा कपुर तताएर मालिस गर्दा पुरानो गठिया बाथ आदि ठीक हुन्छ।

निद्रा नलाग्नेमा, मुर्छा पर्ने रोगमाः फुराएको हिङ एक भागमा कपुर एक भाग मिसाएर केराउ जत्रो गोली बनाएर दुईदुई गोली तातोपानीसंग खाँदा निद्रा लाग्छ र उन्माद् मुर्छा पनि ठीक हुन्छ।

दाँत कीराले खाएमाः दाँतको प्वालमा कपुर हाल्नाले दाँत दुख्न बन्द हुन्छ र कीरा पनि ठीक हुन्छ । अथवा मरिचको धूलो, खयर, कपुर बराबर पिधेर दाँत माज्ने गरेमा गिजापाक्ने, दाँत हल्लिने, कीराले खाएको लगाएतको रोगहरु ठीक हुन्छ।

हैजा लागेमाः हैजाले हातखुट्टा चिसो भएमा शुद्ध रक्सीमा कपुर मिलाएर एकएक चम्चा पानीमा हाली खान दिएमा हात गोडा तातेर आउँछ र हैजा ठीक हुँदै जान्छ।

शीतपित्त भएमाः नरिवलको तेलमा कपुर मिसाएर मालिस गर्नाले शीतपित्त ठीक हुन्छ अथवा नीमको तेलमा कपुर हालेर मालिस गर्नाले चिसोबाट हुने पित्त, खटिराहरु ठीक हुन्छ ।

जाडोले कामज्वरो आएमाः एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ।

दाद आएमाः पाँच भाग कपुर एक भाग गन्धक, मट्टितेलमा मिसाएर मलहम बनाउने र नियमित लगाउने गरे दाद आएको ठिक हुन्छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...