News Portal

  • तपाईको भान्सामा पाइने दालचिनीको यस्तो छ औषधिय गुण

    हिमालीसंचार संवाददाता
    २८३ पटक

    कोरोना महामारीसँगै मानिसहरुमा स्वास्थ्यप्रतिको सचेतना बढेको पाइन्छ । रोग लाग्नै नदिन र रोग लागि हालेपनी निको पार्न विभिन्न उपाएहरुको खोजी हुनु नौलो कुरो होइन । नेपालमा अत्यधिक मात्रामा औषधिय गुण भएका जडिबुटी र खानेकुरा पाइन्छ । यस्तै एउटा खानेकुरा हो-दालचिनी । हरेक मानिसको भान्सामा गरम मसलाको रूपमा दालचिनी प्रयोग गरिन्छ । तर दालचिनी केवल मसला मात्र होइन यो उच्च गुणस्तरको औषधि समेत हो ।

    दालचिनीमा एन्टिसेप्टिक, एन्टिफंगल र एन्टिभाइरल तत्व हुन्छ । के के औषधीय गुण छ त दालचिनीमा ?

    १. आधा चम्चा दालचिनीको धुलो एक चम्चा महसँगै रोगीलाई खानाअघि दिनहु दिएपछि एक सातामा आर्थराइटिसको दुखाइमा कमी हुन्छ ।

    २. नियमित दालचिनीको सेवनले कपाल झर्न रोक्दछ ।

    ३. दाँतको दुखाइमा राहत पाउन पनि दालचिनीको सेवन गर्न सकिन्छ ।

    ४. दालचिनीको सेवनले कोलेस्ट्रोलको मात्रा घटाउँछ ।

    ५. आधा चम्चा दालचिनीको धुलोले एलडिएल कोलेस्ट्रोल घटाउँछ ।

    ६. यसमा रगत जम्न नदिने गुण समेत पाइन्छ ।

    ७. दालचिनीले रगतको क्यान्सर र ’लिम्फोमा’ क्यान्सर कोषको वृद्घलिाई कम गर्छ ।

    ८. दालचिनीको सेवनले रुघा समेत कम हुन्छ ।

    ९. वीर्यको गुणस्तर बढाउँन पनि दालचिनीको सेवन लाभदायी हुन्छ ।

    १०. रोग प्रतिरोधक क्षमता बढाउँन र तौल घटाउँन पनि यसको सेवन लाभदायी हुन्छ ।

    ११. दालचिनीले पाचक रसको स्रावलाई समेत उत्तेजित गर्छ ।

    – एजेन्सीको सहयोगमा

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुलमान घिसिङले देश नेतृत्व गर्न सहयोगको आग्रह गरे

    रामेछाप, १९ मंसिर – ऊर्जा मन्त्री कुलमान घिसिङले आगामी दिनमा देशको नेतृत्व गर्ने योजना रहेको...