
युवा राई/हङकङ – हङकङमा कोरोना महामारीको अवस्था स्थिर बन्दै गएपछि हङकङ सरकारले आजदेखि सार्वजनिक स्थलहरुमा सामाजिक दूरी कायम गरी शारीरिक व्यायम र पौडी खेल्न पाउने नियम केही खुकुलो बनाएको छ।
हङकङ सरकारले सार्वजनिक होटल तथा रेष्टुरेन्टहरुमा समेत भौतिकदूरी कायम गरेर एउटा टेवलमा अधिकतम ८ जनासम्म बस्न पाउने, समुद्र तटहरू पुन: खोल्ने र नागरिकहरूलाई फेस मास्क प्रयोग नगरी शारीरिक व्यायाम गर्न अनुमति दिने निर्णय गरेको हो।
सरकारले यस्तो नियम लागु गरेपछि नागरिकहरु सार्वजनिक स्थलहरुमा, समुद्र तटहरुमा पौडी खेल्न पुगेका छन्। त्यस्तै, पार्कहरुमा व्यायम गर्दा फेसमास्क नलगाई ताजा हावाको अनुभूति गरेका छन्। तथापी कोरोना महामारीको जोखिम उस्तै रहेको हुनाले उच्च सतर्कता अपनाउन सम्बन्धित सबैमा अनुरोध समेत गरिएको छ।