News Portal

  • मोरङ जिल्लाका विभिन्न स्थानमा लुथरन समाजले तीन दिने व्यावसायिक तालिम संचालन

    हिमालीसंचार संवाददाता
    १३० पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको लुथरन सामुदायिक कल्याण समाज रंगेलीले ८२ जना समुदाय सदस्यहरुलाई तीन दिने व्यवसायिक तालिम दिएको छ ।  तालिममा ५१ जना महिला र ३१ जना पूरुषको सहभागी  रहेका थिए ।

    कोभिड–१९ महामारीबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित विपन्न वर्गका समुदायका सदस्यहरुलाई लक्षित गरी उक्त तालिम आयोजना मार्टिन लुथरन सभाहल रंगेली-२ स्थित आयोजना गरिएको हो। लुथरनका अधिकृत भिम पोखरेलले  हिमालीसंचारडकमसंग बताए । 

    लुथरनले कानेपोखरी गाउँपालिका, रंगेली नगरपालिका तथा जहदा गाउँपालिका क्षेत्रलाई लक्षित गरी तीन स्थानमा तीन दिने तालिमको आयोजना गरिएको हो । लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा कोभिड–१९ सजक, उच्च सर्तकता सम्बन्धि परियोजना अन्तर्गत कार्यक्रम आयोजना गरेको बताए । उक्त तालिमको सहजीकरण हेम कुमार खड्का र निर्मला मगरले गरेका  थियो ।

    जिल्लामा दीर्घकालिन रुपमा युवा तथा समुदाय स्तरका साना व्यवसायीहरुलाई व्यवसाय संचालनका लागि सक्षम बनाउने उदेश्यले तालिमको आयोजना गरिएको हो । तालिममा व्यापार व्यवसायको अवधारणा तथा महत्व, आम्दानीका श्रोत, व्यवसाय, व्यवसाय स्थापनाका ३ चरणका विषयमा अभिमुखीकरण तालिम प्रदान गरिएको थियो

    जिल्लामा ३ दिने तालिमबाट सहभागीहरुले व्यवसायमा अवसरको पहिचान, स्थानीय कच्चा श्रोतको खोजी, उपलब्ध सिपको पहिचान, निर्यात आयतको अध्ययन, विकास योजनाको मुल्याङ्कन प्रविधिको प्रयोग, सञ्चालित उद्योगको अध्ययन, व्यवसायी बिचको सम्बन्ध, सरकारको प्राथमिकता, क्रय तथा बिक्रिकला, लागत हिसाब राख्ने तालिका तथा व्यवसाय योजना निर्माण आदि विषयमा समेत अभिमुखीकरण प्रदान गरिएको थियो । लुथरन सामुदायिक कल्याण समाजका अनुगमन तथा मूल्याङ्कन अधिकृत सुमन राईले हिमालीसंचारडटकमसंग बताए 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनआरएनए यूकेको अध्यक्ष पदमा राजेन्द्र पुडासैनीको उम्मेदवारी

    लन्डन, असार २९ — एनआरएनए यूकेको अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनीले उम्मेदवारी घोषणा गरेका छन्।...

    झापाली समाज कुवेतको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा लिला पाण्डे

    कुवेत, असार २९ — झापाली समाज कुवेतको छैठौं अधिवेशन ११ जुलाईमा सम्पन्न भएको छ। अधिवेशनबाट...

    काठमाडौं महानगरको २५ अर्बको बजेट आज सार्वजनिक हुँदै

    काठमाडौं, असार २९ गते – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५...

    आज २०८२ साल असार २९ गतेको राशिफल

    आज असार २९, २०८२ (जुलाई १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनए युकेको चुनावमा धाँधली गर्ने तयारी गरेको सिम्खडामाथि आरोप

    लण्डन। रामशरण सिम्खडा चुनाव आयुक्त बन्नासाथ उम्मेदवारहरु मात्रै हैन, आममतदाता पनि डराउँछन्। उनी निर्वाचन आयुक्त...