News Portal

भरतपुरमा सत्ता गठबन्धनले चुनावी आमसभा गर्ने ठाउँ जलमग्न

हिमालीसंचार संवाददाता
१८८ पटक

चितवन – सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको स्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको अविरल वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बसपार्क  टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

आमसभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् ।

आमसभा सभाका लागि छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन आएर भरतपुर पुगेका छन् ।

आमसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । चितवनमा कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएका कारणले धेरैको चासो अहिले भरतपुरको चितवनमा केन्द्रित भएको छ।  

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...