News Portal

  • भरतपुरमा सत्ता गठबन्धनले चुनावी आमसभा गर्ने ठाउँ जलमग्न

    हिमालीसंचार संवाददाता
    १५६ पटक

    चितवन – सत्ता गठबन्धनले संयुक्त चुनावी आमसभा गर्ने भनिएको स्थल भरतपुरको केन्द्रीय बसपार्क क्षेत्र डुबानमा परेको छ । रातभर परेको अविरल वर्षाका कारण भरतपुरस्थित केन्द्रीय बसपार्क  टर्मिनलको खाली क्षेत्र जलमग्न भएको हो ।

    आमसभाका लागि अघिल्लो दिन नै तयार पारिएको मञ्च र टेन्टहरू पनि डुबानमा परेका छन् । आमसभा स्थललाई सजाउन राखिएका झण्डाहरू पनि हावाले उडाउँदा यत्रतत्र झरेर पानीमा डुबेका छन् ।

    आमसभा सभाका लागि छलफल गरिने कांग्रेसका एक नेताले जानकारी दिए । सभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा हिजो नै चितवन आएर भरतपुर पुगेका छन् ।

    आमसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी नेतृ रेनु दाहाल प्रमुख पदमा र नेपाली कांग्रेसका चित्रसेन अधिकारी उपप्रमुख पदमा उम्मेदवारको रुपमा चुनावी मैदानमा छन् । चितवनमा कांग्रेसकै नेता जगन्नाथ पौडेलले मेयर पदमा बागी उम्मेदवारी दिएका छन् । यसैगरी नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

    भरतपुर महानगरपालिकाको निर्वाचनलाई सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिष्ठाको विषय बनाएका कारणले धेरैको चासो अहिले भरतपुरको चितवनमा केन्द्रित भएको छ।  

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    UNDO को साधारणसभा र MIT Foundaation सँगको साझेदारी सम्मेलन: डिसेम्बर २०-२१ मा कोरियामा हुने

    काठमाण्डौं। अक्टुवर ३१, २०२५ शुक्रबार युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO) का सभापति सोनाम लामाको अध्यक्षतामा...

    एनआरएनए एकताका महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिबाट प्रस्ताव

    काठमाडौं। गैरआवासीय नेपाली संघ एनआरएनएको एकताका लागि महेश कुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले रोडम्याप (प्रस्ताव) पारित...