News Portal

आइजिपी नियुक्तिविरूद्ध दुई एआइजी अदालत जाने

हिमालीसंचार संवाददाता
२१२ पटक

काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्।

सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको हो। 

उनी भन्दा सिनियर रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

२०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। 

त्यस्तै, गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए। आफूहरूभन्दा ढिला बढुवा भएका सिंहलाई आइजिपी बनाएपछि आइजिपीद्वय पोखरेल र थापा असन्तुष्ट रहेका उनीहरु अदालत जाने भएका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...