News Portal

  • आइजिपी नियुक्तिविरूद्ध दुई एआइजी अदालत जाने

    हिमालीसंचार संवाददाता
    १७५ पटक

    काठमाडौं – नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिमा असन्तुष्टि जनाउँदै अतिरिक्त महानिरीक्षक (एआइजी) द्वय विश्वराज पोखरेल र सहकुल थापा अदालत जाने भएका छन्।

    सरकारले वरियता मिचेर धिरजप्रताप सिंहलाई आइजिपी नियुक्त गरेपछि एआइजीद्वय अदालत जान लागेको स्रोतले जानकारी दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई आइजिपी बनाउने निर्णय गरेको हो। 

    उनी भन्दा सिनियर रहेका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापाले अदालत जाने तयारी गरेका हुन्। प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए। विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए।

    २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए। उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए। 

    त्यस्तै, गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए। आफूहरूभन्दा ढिला बढुवा भएका सिंहलाई आइजिपी बनाएपछि आइजिपीद्वय पोखरेल र थापा असन्तुष्ट रहेका उनीहरु अदालत जाने भएका हुन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...

    आज २०८२ साल असोज २१ गतेको राशिफल

    आज असोज २१, २०८२ (अक्टोबर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रचण्डले बताए माओवादी सक्रियताका साथ निर्वाचनमा भाग लिने

    काठमाडौं, असोज २०  – नेकपा माओवादी केन्द्रका पूर्वअध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी आगामी निर्वाचनमा सक्रियताका...

    ओली र लेखक पक्राउको माग गर्दै सुदन गुरुङको ह्याशट्याग अभियान सुरु

    काठमाडौँ, असोज २० – जेनजी आन्दोलनका क्रममा भएको दमनको विरोधस्वरूप ‘हामी नेपाल’ का संयोजक सुदन...

    एमालेभित्र नेतृत्वको बहस चर्किँदै, ११औं महाधिवेशनको तयारी तीव्र

    काठमाडौं, असोज २० – नेकपा एमालेभित्र जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनबारेको बहस तीव्र बनेको छ। अध्यक्ष केपी...