News Portal

खोटाङ जिल्लामा दुई उम्मेदवार बिरुद्ध उजुरी

हिमालीसंचार संवाददाता
२६२ पटक

खोटाङ – खोटाङ जिल्लाका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडासदस्यका उम्मेदवार हरिकुमार खत्री बिरुद्ध बिरोध सम्वन्धी उजुरी परेको हो ।

खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राई बिरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेश्की पछ्र्यौट नगरेको भन्दै वडासदस्यका उम्मेदवार खत्री बिरुद्ध उजुरी दर्ता भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयदन दर्ता गरेका व्यक्ति बिरुद्ध दावीबिरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो ।

उजुरी परेका उम्मेदवारलाई सफाई तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...