News Portal

खोटाङ जिल्लामा दुई उम्मेदवार बिरुद्ध उजुरी

हिमालीसंचार संवाददाता
३१७ पटक

खोटाङ – खोटाङ जिल्लाका दुई उम्मेदवार बिरुद्ध उजुरी परेको छ । केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाका वडाध्यक्षका उम्मेदवार ज्ञानराज राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको वडासदस्यका उम्मेदवार हरिकुमार खत्री बिरुद्ध बिरोध सम्वन्धी उजुरी परेको हो ।

खार्ताम्छाको चोखाने खानेपानी निर्माण योजनाको उपभोक्ता समितिको अध्यक्ष रहेको भन्दै वडाध्यक्षका उम्मेदवार राई बिरुद्ध बुधबार निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको हो ।यस्तै, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालय दोर्पाचिउरीडाँडासम्म जाने ढलानको पेश्की पछ्र्यौट नगरेको भन्दै वडासदस्यका उम्मेदवार खत्री बिरुद्ध उजुरी दर्ता भएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनका लागि मनोनयदन दर्ता गरेका व्यक्ति बिरुद्ध दावीबिरोधका लागि निर्वाचन आयोगले बुधबार एक दिन उजुरी दिने समय दिएको थियो ।

उजुरी परेका उम्मेदवारलाई सफाई तथा सबुद प्रमाण सहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित हुन भनिएको छ । जिल्लाका १० स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य, महिला सदस्य र दलित महिला सदस्यका लागि १ हजार ३३० जनाको मनोनयन दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...