News Portal

  • भुपु लोग्नेले दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि सकिएन

    हिमाली संचार संवाददाता
    ४२० पटक

    एजेन्सी । डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला ? नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ ।

    तर भारतमा एउटा यस्तो घटना भएको छ, जहाँ एकजना महिलालाई उनका पूर्व पतिले दिएको गुजारा भत्ताको रकम अदालतको इजलासमा दिनभर गन्दा पनि सकिएन ।

    सायद दिनभर गन्दा पनि नसकिने भनेपछि त्यो रकम अर्बौँमा हुनुपर्छ भन्ने अनुमान लगाउनुभयो होला । तर होइन, ती महिलाले उनका पूर्व पतिबाट हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो । सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । अदालतमै पहिलो किस्ता बुझाउने क्रममा ती व्यक्तिले इजलास कक्षमै पैसाको थुप्रो लगाइदिए । खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो । त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो ।

    डिभोर्सी महिला पेशाले वकिल हुन् भने उनका भुपु पति पनि वकिल नै हुन् । भारतको चण्डीगढमा यो घटना भएको हो । भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएर गन्न भनेपछि ती महिलाले आपत्ति जनाइन् । भुपु लोग्नेले आफुलाई दुख दिनका लागि त्यसो गरेको उनको भनाई थियो । तर ती पुरुषले चाहीँ कसैलाई दिनुपर्ने रकम १ सय, २ सय वा २ हजार भारुका नोटमै दिनुपर्छ भन्ने कहीँ नलेखेको दाबी गरे ।

    उनको बोरामा लिएर अदालतभित्रै थुप्रो लगाइदिका सिक्काहरु दिनभर पनि गन्न नसकिएपछि न्यायाधीशले चोटिलो आदेश गरे । उनले पैसा बोकेर २७ जुलाईमा पुनः आउन ती पुरुषलाई आदेश दिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal