News Portal

  • सरकारले कुरकुरे-लेज र मदिरा लगायतका खानेकुरा आयातमा रोक

    हिमालीसंचार संवाददाता
    १०८ पटक

    काठमाडौं – सरकारले मंगलबारदेखि नेपालमा १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयातमा रोक लगाएको हो ।

    प्रतिबन्धित सामानहरू यहाँका दूतावासहरूले भने आफ्नो उपभोगका लागि मात्र ल्याउन पाउने छन्। यस्तै वैशाख १३ गतेभन्दा अगाडि नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भइसकेको अवस्थामा भने यो नियम लागू हुने छैन।

    देशमा विदेशी मुद्रा सञ्चिति कम भएकाले सरकारले अत्यावश्यक बाहेकका वस्तु आयातमा कडाइ गरेको हो।सरकारले मंगलबारबाट आयात गर्न रोक लगाएका सामानहरूमा खानेकुरादेखि गाडीसम्म छन्।

    मंगलबार जारी सूचनाअनुसार अब असारसम्म कुरकुरे, लेज र मदिरामा समेत आयात गर्न पाइँदैन। त्यस्तै कुनै पनि प्रकारका तयारी मदिरा पनि नेपाल ल्याउन पाइने छैन।

    सरकारले आयात रोकेका १० सामग्रीको सूचीः

    १. कुरकुरे, लेज र यस्तै उत्पादनहरू

    २. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक)

    ३. चुरोट तथा सूर्तिजन्य वस्तु (कच्चापदार्थ बाहेक)

    ४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)

    ५. छ सय अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट 

    ६. बत्तीस इञ्चभन्दा माथिका रंगीन टेलिभिजन

    ७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)

    ८. दुई सय पचास सिसीभन्दा धेरै क्षमताका मोटरसाइकल

    ९. सबै प्रकारका खेलौना

    १०. खेल्ने तास

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...

    झापामा प्रधानमन्त्री ओलीको प्रस्टोक्ति : स्पेन भ्रमणबारे अराजकहरूले फैलाएको हल्ला आधारहीन

    झापा, असार २९ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालै सम्पन्न स्पेन भ्रमणलाई लिएर केही...