News Portal

  • ललितपुर महानगरका मेयर उम्मेदवार चिरीबाबु महर्जनविरूद्ध उजुरी

    हिमालीसंचार संवाददाता
    १४२ पटक

    काठमाडौं – ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ। उनीविरूद्ध उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए।

    उनका अनुसार महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो। ‘बेरूजुसम्बन्धी उजुरी परेको छ,’ मुख्य निर्वाचन अधिकृत शिवाकोटीले भने, ‘त्यसको अध्ययन भोलिमात्रै गर्छौं।’ निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।  ‘लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसँग असूल उपर गर्ने भनी कायम भएको बेरूजु फर्छ्यौट गरेको हुनुपर्ने छ,’ उक्त धारामा उल्लेख छ। 

    ललितपुर महानगरपालिकामा मात्रै पाँच जनाविरूद्ध उजुरी परेको उनले जानकारी दिए। एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध पनी उजुरी परेको छ। बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।

    आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन भनेको थियो। वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय गर्ने आयोगको तयारी छ। 

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार ३० गतेको राशिफल

    आज असार ३०, २०८२ (जुलाई १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रधानमन्त्री ओलीको घोषणा : आगामी १५ वर्षभित्र नेपालबाट गरिबी हटाइने

    झापा, असार २९  – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी १५ वर्षभित्र नेपाललाई गरिबीमुक्त राष्ट्र बनाउने...

    फुस्रेखोलामा पौडी खेल्दा डुबेर युवकको मृत्यु

    पोखरा, असार २९  — पोखरा महानगरपालिका वडा नम्बर १७ पावरहाउसस्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर...

    दक्षिण भारतीय सिनेमाका खलनायक कोटा श्रीनिवास अब रहेनन्

    हैदराबाद, असार २९ – दक्षिण भारतीय सिनेमामा आफ्नो दमदार अभिनयले छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली अभिनेता...

    स्पेन भिजिट भिसा प्रकरणमा संसदीय छानबिनको माग, सहभागीहरू नफर्किएको दाबी

    काठमाडौं, असार २९ — प्रधानमन्त्री सहभागी स्पेन भ्रमणमा भिजिट भिसाबाट गएका केही नेपाली नफर्किएको पुष्टि...