News Portal

ललितपुर महानगरका मेयर उम्मेदवार चिरीबाबु महर्जनविरूद्ध उजुरी

हिमालीसंचार संवाददाता
२०९ पटक

काठमाडौं – ललितपुर महानगरपालिकाको मेयरका लागि कांग्रेसबाट उम्मेदवार रहेका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ। उनीविरूद्ध उजुरी परेको ललितपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत किरन शिवाकोटीले जानकारी दिए।

उनका अनुसार महर्जनविरूद्ध बेरूजुसम्बन्धी उजुरी परेको हो। निवर्तमान मेयर समेत रहेका महर्जनको कार्यकालमा बेरूजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो। ‘बेरूजुसम्बन्धी उजुरी परेको छ,’ मुख्य निर्वाचन अधिकृत शिवाकोटीले भने, ‘त्यसको अध्ययन भोलिमात्रै गर्छौं।’ निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचनको आचारसंहिताको परिच्छेद ९ को धारामा ४७ मा बेरूजु फर्छ्यौट गर्नुपर्ने उल्लेख छ।  ‘लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीसँग असूल उपर गर्ने भनी कायम भएको बेरूजु फर्छ्यौट गरेको हुनुपर्ने छ,’ उक्त धारामा उल्लेख छ। 

ललितपुर महानगरपालिकामा मात्रै पाँच जनाविरूद्ध उजुरी परेको उनले जानकारी दिए। एमालेको तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरूद्ध पनी उजुरी परेको छ। बन्दसूचीमा शाक्यको नाम भएको हुँदा उनीविरूद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत सिवाकोटीले बताए।

आयोगले मंगलबार उम्मेदवारको विरोधमा उजुरी दिन भनेको थियो। वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच तथा उजुरीमाथि जाँचबुझ र निर्णय गर्ने आयोगको तयारी छ। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...