News Portal

विप्लवको जन्मथलो रोल्पाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं – नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रोल्पा जिल्लाका विभिन्न ६ पालिकामा स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ।

रोल्पा इन्चार्ज केशबहादुर बाँठा (सुवाश) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ६ स्थानीय तहमा उम्मेदवारी दर्ता भएको जानकारी दिए।

पार्टीका केन्द्रीय सदस्य तथा धादिङ जिल्ला इन्चार्ज चुडामणि वली (आदर्श) ले गंगादेव गाउँपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै उपाध्यक्षमा सुशीला वलीसहित वडामा समेत उम्मेदवारी दिएको छ।

वडा नम्बर २, ३, ४, ५ र ६ मा उम्मेदवारी दिएको उक्त पार्टीले जानकारी दिएको छ। वडा नम्बर २ मा टिकाराम नेपाली, ३ मा लालबहादुर वली, ४ मा नन्दे वली, ५ मा यमन मल्ल र ६ मा दिपेन्द्र खत्रीले (स्वतन्त्र) रूपमा उम्मेदवारी दिएका छन्। जसमा वडा नम्बर ५ बाहेक सबै वडामा महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यमा समेत उम्मेदवारी दिएको पार्टीले जनाएको छ।

पार्टीका अनुसार परिवर्तन गाउँपालिका अध्यक्षमा लालबहादुर वली र उपाध्यक्षमा मीरा बुढामगरले उम्मेदवारी दिएका छन्। परिवर्तनको वडा नम्बर १ बाहेक सबै वडामा उम्मेदवार दर्ता भएका छन्।

गाउँपालिकाको वडा नम्बर २ मा अखिल (क्रान्तिकारी) दाङका अध्यक्ष अनिल केसी, ३ मा जिल्ला सदस्य पृथ्वी डाँगी, ४ मा जिल्ला सदस्य चित्रबहादुर बुढा (गणेश), ५ मा खिमप्रसाद घर्ती शाह र ६ मा दिपक थापाले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै बिद्रोही मानिने थबाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती, अजय घर्ती र महेश बुढामगरले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। यहाँ गाउँपालिकाको उपाध्यक्षमा रायबहादुर पुन मगरको उम्मेदवारी परेको छ। सोही गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा फर्के झाँक्री, २ मा तिर्थनारायण मिजार र ५ मा डुकमन रोकाले (स्वतन्त्र) उम्मेदवारी दिएका छन्।

यीमध्ये थबाङ गाउँपालिकामा दर्जित रोकामगरको समेत स्वतन्त्र उम्मेदवारी परेको छ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा र उपाध्यक्षमा दिपेश विष्टले उम्मेदवारी दिएका छन्। सोही गाउँपालिकाको वडा नम्बर २ मा बेगमध्वज थापा र वडा नम्बर ६ मा सन्तोष सुवेदीले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। सुवेदी नेकपाका विशेष कमिटी सदस्य हुन्। 

लुंग्री गाउँपालिका अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया बिकले उम्मेदवारी दिएकी छन्। लुंग्रीको वडा नम्बर १ मा धनबहादुर खत्री, २ मा जितमान खड्का, ३ मा लिलाबहादुर घर्ती क्षेत्री, ४ मा टेकबहादुर विष्ट र ५ मा श्रवण कुमार रोकामगरले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।

त्यस्तै सुनछहरी गाउँपालिका अध्यक्षमा नेकपा नेता पुस्तमन घर्ती मगरले उम्मेदवारी दिएका छन्। स्रोतका अनुसार सुनछहरीमा नेकपाका (स्वतन्त्र) उम्मेदवार पुस्तमन घर्ती एमालेको सूर्य चिन्हबाट चुनावमा भाग लिन लागेका छन्। उनलाई सबैले स्वीकार गरेको स्रोतले बतायो। घर्तीले उम्मेदवारी दिएपछि नेकपा एमाले र नेपाली कांग्रेसले समेत उक्त पदमा उम्मेदवारी दिन नसकेको स्रोतको भनाइ छ। 

यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका छन्। सुनछहरीमा एमाले र कांग्रेसले तीन/तीन वटा वडा बाँडेका छन्। त्यस्तै नेकपाबाटै (स्वतन्त्र) मा हेमन्त पुनले ६ नम्बर वडा अध्यक्षमा उम्मदेवारी दिएका छन्। 

सुनछहरीमा नेकपाका केन्द्रीय सदस्य अमर झाँक्री (सन्जीव कुमार) अध्यक्ष हुने गरी तीन पार्टीबीच गठबन्धन गर्ने सहमति भएको स्रोतको दाबी छ। तर सहमतिपछि सन्जीव कुमारको मतदाता नामावलीमा नामै नभेटिएपछि पुस्तमन घर्तीलाई अध्यक्षमा अघि सारिएको स्रोतले जानकारी दिएको छ। 

विप्लव नेतृत्वको नेकपाबाट रोल्पा नगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा धनबहादुर थापा र माडी गाउँपालिका –५ को वडाध्यक्षमा प्रकाश खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै त्रिवेणी गाउँपालिकाको ३ नम्बर वडामा वेदबहादुर पुन र ६ नम्बरमा खिमराज पुनले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २० गतेको राशिफल

आज चैत २०, २०८२ ( अप्रिल ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...