News Portal

  • खोटाङमा एसईई दिने १३८ परीक्षार्थी अनुपस्थित

    हिमालीसंचार संवाददाता
    १६१ पटक

    खोटाङ – खोटाङ जिल्लामा एसइई परीक्षा दिने १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् ।

    परीक्षामा १ हजार ९२४ छात्रा र १ हजार ६७० छात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए । शुक्रबारदेखि सुरु भएको एसइई परिक्षामा ७४ छात्रा र ६४ छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

    यस्तै, यस वर्ष ८४ जनाले ग्रेडवृद्धि परीक्षाका लागि फर्म भरेका थिए । त्यसमध्ये आइतबार २१ छात्रा र १७ छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख गौतमले बताए । जिल्लाका २३ वटा केन्द्रमार्फत एसइई परीक्षा सञ्चालन भइरहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...