News Portal

खोटाङमा एसईई दिने १३८ परीक्षार्थी अनुपस्थित

हिमालीसंचार संवाददाता
२०५ पटक

खोटाङ – खोटाङ जिल्लामा एसइई परीक्षा दिने १३८ विद्यार्थी अनुपस्थित भएका छन् । एसई परीक्षाका लागि नियमिततर्फ ३ हजार ७३२ जनाले फर्म भरेकामा ३ हजार ५९४ जना मात्र परिक्षामा सहभागी भएका छन् ।

परीक्षामा १ हजार ९२४ छात्रा र १ हजार ६७० छात्र उपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख सेमन्त गौतमले बताए । शुक्रबारदेखि सुरु भएको एसइई परिक्षामा ७४ छात्रा र ६४ छात्रा अनुपस्थित भएको शिक्षा विकास तथा समन्वय ईकाईले जनाएको छ ।

यस्तै, यस वर्ष ८४ जनाले ग्रेडवृद्धि परीक्षाका लागि फर्म भरेका थिए । त्यसमध्ये आइतबार २१ छात्रा र १७ छात्र परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय ईकाई खोटाङका प्रमुख गौतमले बताए । जिल्लाका २३ वटा केन्द्रमार्फत एसइई परीक्षा सञ्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...