News Portal

एमालेले दोलखाका सबै पालिकामा गरायो उम्मेदवारी दर्ता

हिमालीसंचार संवाददाता
१८६ पटक

दोलखा – नेकपा एमाले दोलखाले जिल्लाका सबै पालिकामा वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गराएको छ । भीमेश्वर नगरपालिकामा एमालेबाट हरिवंश चौलागाईं प्रमुख र कमला बस्नेतले उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । एमाले चरिकोट सातदोबाटोबाट बाजागाजासहित र्‍याली निकालेर मनोनयन दर्तामा गएको थियो ।

जिरीमा एमालेका मित्र जिरेल प्रमुख र कृष्णमाया बुढाथोकीले मनोनयन दर्ता गराएका छन् । बैत्यश्वर गाउँपालिकामा प्रमुखमा माधवप्रसाद घिमिरे र उपप्रमुखमा नविना लामाले उम्मेदवारी दर्ता गराएका छन् । 

गौरीशंकरमा जंग गुरुङ र मुना शिवाकोटी, विगूमा अच्युतम कटुवाल र देविका थामी, कालिञ्चोकमा गणेश शिवाकोटी र कविता थामी तामाकोसीमा अभिषेक सुवेदी र अम्बिका पोखरेलले उमेदवारी मनोनयन दर्ता गराएका छन् ।

यस्तै, मेलुङ गाउँपालिकामा एमालेका हिराकुमार थोकर र गायत्री आर्चायले प्रमुख र उपप्रमुखमा उमेदवारी दर्ता गराएका छन् । 

सत्ता गठबन्धनका दलहरूले भने सोमबार मात्र मनोनय दर्ता गर्ने बताएका छन् । गठबन्धनमा नेपाली कांग्रेसले ४ माओवादीले ३ र नेकपा एकीकृत समाजवादीले २ वटा स्थानीय तहको प्रमुखमा उम्मेदवारी दिने भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...