
ताप्लेजुङ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ताप्लेजुङ जिल्ला मालपोत कार्यालयका अधिकृतलाई घुस रकमसहित पक्राउ गरेको छ।
अख्तियारले झापा बुद्ध शान्ति गाउँपालिका-२ घर भई हाल मालपोत कार्यालय ताप्लेजुङ निवास बस्ने ४९ वर्षीया लेखा पनेरू महतलाई अख्तियारले पक्राउ गरेको हो।
उनलाई अख्तियारले आइतबार फुङलिङ नगरपालिका-४ कोप्चेबाट पक्राउ गरेको हो। उनी २०५७ भदौ २ गते सेवामा प्रवेश गरेकी थिइन् । उनीबाट एक लाख ५० हजार घुस रकम बरामद भएको अख्तियारले जनाएको छ।
ससुरा बुवा र ससुरा बाजेको नाममा रहेको फक्ताङलुङ गाउँपालिका-७ मा रहेको विभिन्न कित्ताका जग्गाहरू अंशियारबीच भागभण्डा भएको थियो।
ससुरा धर्के शेर्पाको नामबाट दाखिल खारेज गरी सेवाग्राहीको नाममा दर्ता कायम गर्न जाँदा मालपोत अधिकृत लेखा पनेरू महतले त्यसबापत एक लाख ५० हजार घुस माग गरेकी थिइन्। सो घुस रकम लिइसकेको अवस्थामा अख्तियारले उनलाई पक्राउ गरेको हो।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
