News Portal

  • म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु – क्याप्टेन लामा

    हिमालीसंचार संवाददाता
    २६४ पटक

    काठमाडौं  – कलाकार तथा क्याप्टेन विजय लामाले भरतपुर महानगरपालिका भरतपुरकी मेयर रेणु दहालको खुलेर प्रशंसा गर्दै सामाजिक संजाल फेसबुक मार्फत तारिफ गरेका छन्। क्याप्टेन लामाले आज आफ्ना फेसबुकमा स्टाटस लेख्दै मेयर दहालको प्रशंसा गर्दै ‘म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु’ भनेका छन्। 

    क्याप्टेन लामाले फेसबुकमा लेखेका छन्; “हुन त मान्छेको नाम नै ठूलो हो भन्ने गरिन्छ। तर नाम भन्दा पनि ठूलो काम हुन्छ भन्ने मान्यता राख्ने मान्छे हो म। कसैको नाम उसको कामले ठूलो हुन्छ । त्यसैले म नामलाई भन्दा पनि व्यक्तिको कामलाई कदर गर्छु र असल काम गर्नेको प्रशंसा गर्न म संकोच मान्दिन । चाहे मैले नचिनेको व्यक्ति नै किन नहोस् कसैले राम्रो काम गरेको छ भने उसको खुलेर प्रशंसा गर्छु र चाहे जति निकटको मान्छे होस् यदि उसले खराब काम गरेको छ भने म उसको पक्षपोषण गर्न सक्दिन। 

    चुनाव आउँदैछ अब यहाँ अनेक जुक्ति लगाएर असललाई विपक्षीले सजिलै खराब करार गर्छन्। अनि खराबहरु एकदमै असल ठहरिन लाख कोशिस गर्छन्। तर नेपाली जनतालाई चाहिएको विकास र समृद्धि हो। आफ्नो गाउँ शहरलाई विकसित, सुरक्षित र समृद्ध बनाउछु भनेर जनतालाई ठुला ठूला सपना देखाएका हजारौं नेता आज मेयरको कुर्सीमा छन्। केहि नेताहरू पुन मेयरको कुर्सीको लागि लड्न तयार छ्न । यस्तोमा कसले कति गर्‍यो त्यसको लेखाजोखा जनताले गर्नैपर्छ। 

    एक सचेत नागरिकको हिसाबमा मैले पनि यी सबै कुरा नजिकबाट नियालिरहेको छु। जब जब भरतपुर पुग्छु भरतपुरले विकासको लय समातेको आभास हुन्छ। जसको नेतृत्व एक चेलीले गरिरहनुभएको छ। म उहाँलाई खासै चिन्दिन। न त निकट सम्बन्ध छ। तर भरतपुरको मुहारमा जे जति परिवर्तन ल्याउन खोज्नुभयो त्यसप्रति मेरो उच्च सम्मान छ। मैले उहाँलाई चिनेको भनेको भरतपुर नगरपालिकाको फेरिएको मुहारले गर्दा हो।

    एउटा नेपाली चेलीले अगाडि बढाएका योजना, गरेको विकास र उपलब्धी साँच्चै गर्व गर्न लायक छ। उहाँले गरेका उदाहरणीय कामलाई नजरअन्दाज गर्न सकिँदैन। पार्टी जुनसुकै होस् व्यक्ति र परिवेश जस्तो सुकै होस् हामीलाई चाहिएको विकास र समृद्धि हो। विकास र समृद्धिको लागि दिलोज्यान दिएर काम गर्ने नेता नै नेपाली जनताको रोजाई बन्नुपर्छ। यस्तै चेलीहरु नेतृत्वमा आएर खुरुखुरु काम गरेर देशलाई समृद्ध बनाउनुपर्छ।

    यसरी लामो स्टाटस लेख्दै लामाले “जय चन्द्र सुर्य!” लेखेर विकास प्रेमी नेता आजको आवश्यक्ता रहेको उल्लेख गरेका छन्। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...