News Portal

  • मिडिया विरोधी कानून तत्काल खारेज गर्नुपर्छ : बद्री सिग्देल

    हिमालीसंचार संवाददाता
    ३०७ पटक

    बाँके। नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देलले मिडिया विरोधी कानून तत्काल खारेजी गरिनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन बाँके शाखाले नेपालगन्जमा शनिबार आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दैै उनले यस्तो बताएका हुन्।

    ‘केपी शर्मा ओलीको पालामा ल्याइएका मिडिया विरोधी कानूनको प्रेस युनियनले खारेजी गर्न जोडदार माग गर्छ,’ सिग्देलले भने ‘कुनैपनि बहानामा मिडियामाथि अंकुश लगाउने दुस्साहस कसैले गर्छ भने युनियनले त्यसको कडा रुपमा प्रतिवाद गर्दछ।’

    आसन्न स्थानीय तहको निर्वाचनमा काँग्रेसलगायत गठबन्धनका उम्मेदवारलाई जिताउन सक्रिय भएर लाग्न युनियन सम्बद्ध पत्रकारलाई उनले निर्देशन दिए।

    ‘प्रेस युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो, पार्टी र युनियनबीच समन्वय र सहकार्य हुनुपर्छ, प्रेस युनियनको भूमिकालाई पार्टीले राम्रोसँग चिन्नु पर्दछ,’ अध्यक्ष सिग्देलले भने। स्थानीय तह निर्वाचनका लागि गठबन्धन गरिएकोले पार्टीले बनाएको आधिकारिक उम्मेदवारलाई जिताउन युनियन अग्रसर हुनुपर्ने उनको धारणा छ।

    प्रेस युनियनको केन्द्रिय महाधिवेशन तोकिएकै समयमा हुने सिग्देलले बताए। विभिन्न परिस्थितीका कारण युनियनको महाधिवेशन पछाडी धकेलिएको र आफु नेतृत्व हस्तान्तरण गर्न आतुर रहेको बताए।

    ‘युनियनको महाधिवेशन आगामी जेठ १३ र १४ गते हेटौँडामा भब्य रुपमा सम्पन्न हुनेछ, यसका लागि म सबै साथीहरुलाई सकृयताका साथ लाग्न आग्रह गर्दछु,’ उनले भने।

    नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न भएको भेटघाट कार्यक्रममा अकोरावका केन्द्रिय अध्यक्ष अर्जुन गिरी, युनियनका केन्द्रिय उपमहासचिव प्रेम केसी, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, युनियन बाँकेका पूर्वअध्यक्ष मेघराज ओली, निर्वतमान अध्यक्ष जयनारायण शाह, सल्लाहकार चेतकान्त भट्टराई लगायतले युनियनको महाधिवेशन र स्थानीय तह निर्वाचनमा युनियनले खेल्नुपर्ने भूमिकालगायत विषयमा आ–आफ्नो धारणा राखेका थिए।

    उक्त कार्यक्रमको सञ्चालन युनियन बाँकेका सचिव विजय मल्लले गरेका थिए।

    युनियनको अध्यक्ष लड्ने अधिकारीको घोषणा

    युनियनका केन्द्रिय कोषाध्यक्ष सरोज अधिकारीले आफु युनियनको नवौँ महाधिवेशनमा अध्यक्षको उम्मेद्वार रहेको घोषणा गरे।

    ‘म स्वभाविक रूपमा अध्यक्षको दाबेदार हुँ।’ उनले भने ‘नेतृत्व जाम भएको छ, युवालाई नेतत्वमा स्थापित गरेर त्यो खुलाउन चाहान्छु।’

    युनियनका केन्द्रिय कोषाध्यक्ष अधिकारीले अगाडी थपे–‘युनियनभित्र गुट उपगुटको समस्या केही जिल्लामा देखिएकाले यसले सबैभन्दा समस्या जिल्लामै ल्याउँछ’ उनले भने ‘युनियनको आफ्नै विधि र विधान रहेको छ। त्यही अनुरुप संगठन अघि चलेमात्र संगठनलाई बलियो बनाउन सकिन्छ।’

    कोषाध्यक्ष अधिकारीले युनियनले अब समयमै महाधिवेशन गर्ने गरि संकल्प प्रस्ताव अघि बढाउनुपर्ने बताए। उनले भने, ‘केन्द्रिय कार्यसमितिले आठ वर्षसम्म अधिवेशन गर्न सकेन भनेर अहिले जिल्लामा पनि त्यही परम्परा स्थापित हुन लागेको छ।’ युनियनका शाखा बलियो भएपछि मात्र केन्द्र बलियो हुने उनको धारणा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...

    संसद् पुनर्स्थापनातिर लागे मुलुक झन् अस्थिरमा -प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्र आगामी फागुन २१ गते तय भएको प्रतिनिधि सभाको चुनावको पक्षमा...