News Portal

एक हप्ताभित्र ग्यास सप्लाईमा सामान्य हुने- चन्द्र थापा

ग्यास बिक्रेता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापा

हिमालीसंचार संवाददाता
४४८ पटक

काठमाडौं – युक्रेन माथि रुसको आक्रमण सगै अन्तर्राष्ट्रिय वजारमा कच्चा तेलको मूल्य दिन दिनै चुलिदै जादा खाना पकाउने ग्यास लगाएत पेट्रोलियम पदार्थको मूल्य अत्यधिक वढेको छ। र त्यसको प्रत्यक्ष असर नेपालमा पनि परेको छ।यसै क्रममा डिजेलको अत्यधिक मुल्य वृद्धिले पहिलेकै ढुवानी भाडामा उधोगीले ग्यास उठाउन नसक्दा केही दिनग्यास उठेन।जसको असर आज सम्म परिरहेको छ। खाना पकाउने ग्यास एक दुई दिन मात्रै आपूर्ति भएन भने पनि त्यसको असर महिना दिन सम्म पर्न जान्छ। नेपाल आयल निगम र ग्यास उधोगी संग हाल भैरहेको अभाव र उत्पन्न तनावसंग सम्बन्धित रहेर भइरहेको र छलफलमाआपूर्ति बढाएका छाै भनेर  हिमाली संचार डटकमसँग कुरा गर्दै  ग्यास बिक्रेता महासङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले भने।

आतिनु पर्दैन पाँच छ दिनमै नर्मल हुन्छ निगमको भनाई छ तर आपूर्ति वढे पनि ग्यास नर्मल हुन सकिरहेको छैन,यसको अर्को कारण भनेको ग्यास आउदैन कि,विगतको जस्तै सास्ती वेहोर्नु पर्छ कि भनेर केही उपभोक्ता आफूसंग घरमा भएका चार पाँच खालि सिलिन्डरहरु फरक फरक परिवार सदस्यको नाउँबाट लिन खोज्दा एउटा मात्रै सिलिन्डर हुने उपभोक्ताले ग्यास सकिने बित्तिकै ग्यास नपाएको अवस्था छ।

त्यस्तै सबै कम्पनीको ग्यास समानुपातिक ढंगले आएको पनि छैन।कुनै कम्पनीको ग्यास आएको छ त कुनै कम्पनीको ग्यास आएको छैन। किन यस्तो भईरहेको छ ? प्रज्वलनशिल पदार्थ ग्यास धेरै स्टक राख्न पनि हुदैन। जाडो याममा भन्दा आजकल ग्यासको खपत कम हुने समय हो,आपूर्ति सहज छ। ग्यास पाउदैन कि भनेर आतिन पर्दैन, समानुपातिक रुपमा सबै ठाउहरुमा सबै कम्पनीको ग्यास नियमित आउनु र पाउनु पर्छ हप्ता दिन भित्र मै ग्यास नर्मल हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...