News Portal

  • सशस्त्र प्रहरी बल रंगेलीद्वारा ठुलो परिमाणमा सामाग्री बरामद

    हिमालीसंचार संवाददाता
    १२२ पटक

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका वडा नं. ६ स्थित मधुवनी चोक नजिकबाट सशस्त्र प्रहरी बिओपिको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा ठुलो परिमाणमा सामान बरामद गरेको छ ।

    सशस्त्र प्रहरीको गस्ती टोलीले प्र.१-०४-००१ च ०३६० नं. को महेन्द्रा पिकअप भ्यानलाई शंका लागि रोक्न खोज्दा सवारी चालक सवारी छोडी भागेको थिए। उक्त सवारी साधनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा प्रहरीले ठुलो मात्रामा सामान बरामद गरेको हो । 

    सशस्त्र प्रहरीले चेकजाँच गर्ने क्रममा साईकलमा प्रयोग हुने सबै प्रकारको सामाग्री, सिफन साडी, भेल्बेट साडी, मेल्बेट सिफन साडी, नाईक जुत्ता, कार्पेट, प्लाष्टिकको प्लेट तथा कचौरा, एयर मोटर टेण्ट तथा पालको सामाग्री लगायत विभिन्न प्रकारको सामाग्री बरामद गरिएको थियो ।

    प्रहरीले करिब २२ लाख ५ हजार  ७ सय ३५ रुपैयाँ बराबरको सामाग्री बरामद गरिएको उक्त सामाग्री विराटनगर स्थित भंसार कार्यालयमा बुझाएको बिओपि रंगेलीका प्रमुख कमल बहादुर अधिकारीले हिमालीसंचारडटकमसंक बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...