News Portal

  • गणभित्रै गोली चल्दा एक सैनिक घाईते, थप उपचारका लागि काठमाडौं

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    काठमाडौं – नेपाली सेनाको समशेर दल गणमा कार्यरत एक सैनिक जवानले गोली चलाउदा गणभित्रै गोली लागेर गम्भीर घाइते भएकी कपिलवस्तुको गोरूसिंहेस्थित समशेर दल गणमा कार्यरत सैनिक जवान कोपिला राजवंशीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

    सैनिक स्रोतका अनुसार राजवंशी आफैंले गोली चलाएको दाबी गरे पनि घटना कसरी भएकोबारे अहिलेसम्म खुलाईएको छैन। गणको भित्रि पोष्टमा कार्यरत झापा गौरादह- १ स्थायी ठेगाना भएकी २४ वर्षीया कोपिला राजवंशीलाई गोली लागेको अवस्थामा बुधबार राती लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। 

    बुधबार साँझ करिब ७ बजेतिर भएको घटनापछि उनको छाती र पेटमा दुई वटा गोली लागेको छ। घाइते राजवंशीलाई उपचारको लागि नेपाली सेनाको टोली आफैंले अस्पताल ल्याएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ।

    सैनिक जवान राजवंशीको बुटवलमा उपचार हुन नसकेपछि तत्कालै भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा लगिएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि उनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एनसीसी अमेरिकाको सहमति कार्यान्वयन गराउन आरसी पराजुलीले गरे अपिल

    अमेरिका। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिका क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) डिलुराम पराजुलीले अमेरिका र क्यानाडाका...

    विपद् व्यवस्थापनमा तीनै तहको हातेमालो आवश्यक : गृहमन्त्री लेखक

    काठमाडौं, असार ३२ – गृहमन्त्री रमेश लेखकले नेपालको भूगोल नै जोखिमयुक्त भएकाले विपद् व्यवस्थापनलाई प्रभावकारी...

    काठमाडौं चक्रपथमा गुड्न थाले १२ वटा नयाँ विद्युतीय बस

    काठमाडौं, असार ३२ – काठमाडौंको चक्रपथ क्षेत्रमा आजदेखि १२ वटा विद्युतीय बस सञ्चालनमा आएका छन्।...

    लागुऔषधसहित दमक र ईटहरीका दुई युवा पक्राउ

    रविन्द्र बराल/ मोरङ, असार ३२ – मोरङको रंगेली–४ आमतोला चोकबाट प्रहरीले लागुऔषध नाइट्राजेपामसहित दुई जना...

    भिजिट भिसामा स्पेन गएर नफर्कनेबारे सरकारको कडाइ : प्रवक्ता गुरुङ

    काठमाडौं, असार ३२ — स्पेन भ्रमणका लागि भिजिट भिसा लिइ यात्रा गरेका नेपाली नागरिक समयमै...