News Portal

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४३६ पटक

काठमाडौं – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकले भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै मेयर दाहालको चुनावी प्रचार गीत सार्वजनिक गरिएको हो ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको लागि दाहाल पुनः मेयर उम्मेदवार दिने भएको हो । सार्वजनिक गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख  गरिएको छ ।

भरतपुर महानगरमा विशेषगरि हिल्लामे सडकबाट बनेका चिल्ला सडक, निर्माणाधीन सिटी हल, गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, ६ लेन सडक खण्डलाई गीतमा उतारिएको छ । सार्वजनिक गीतको म्युजिक भिडियो नारायणी नदी, प्रचण्ड टोल, क्रिकेट रंगशाला लगायत स्थानमा छायाँकन गरिएको हो । 

सार्वजनिक भिडियोमा मेयर दाहाललाई समेत देख्न सकिन्छ भने विजय पुन, उत्सव अधिकारी, सुनिता तिमिल्सिना, सपना शिवाकोटी लगायतको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाई रविन्द्र बरालले छायाँकन गरेका हुन् भने चितवनका पत्रकार रवि अधिकारीले निर्देशन गरेका छन् ।

नृत्य निर्देशक रविन शाह हुन् भने भिडियोलाई विष्णु सेवाले सम्पादन गरेका म्युजिक भिडियोको शब्द रचना चर्चित युटुवर सन्तोष देउजाको रहेको गीतमा विष्णु खत्री र टिका पुनले संयुक्त आवाज दिएको गीतमा प्रदिप त्रिपाठीले संगीत भरेका छन् ।

गीत यहाँ सुन्नुस् 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...

चोरीको मोटरसाइकलसहित बालकहरू पक्राउ, कास्की–तनहुँ प्रहरीले संयुक्त अनुसन्धान

कास्की, माघ १३ – पोखराबाट चोरी भएको मोटरसाइकलसहित तीन बालकलाई प्रहरीले तनहुँबाट पक्राउ गरेको छ।...

जमलमा तीन सवारी एकआपसमा ठोक्किँदा दुर्घटना, एक जना सामान्य घाइते

काठमाडौं, १३ माघ – राजधानीको व्यस्त क्षेत्र जमलस्थित सिद्धि भवन अगाडि मंगलबार दिउँसो तीन वटा...

आज २०८२ साल माघ १३ गतेको राशिफल

आज माघ १३, २०८२ (जनवरी २७, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...