News Portal

फ्लाई दुबईको लुट : मृत्यु भइसकेको मानिसको पनि टिकट क्यान्सील गर्न मान्दैन

१००४ पटक

बैदेशिक रोजागरीमा जाने नेपालीहरुलाई एयरलायन्स कम्पनीहरुले कतिसम्म हेप्छन् त्यसको एक उदाहरण फ्लाई दुवईले दिएको छ । जोडनमा काम गर्दै अएका उदयपुर कटारीका शिवकुमार श्रेष्ठ र उनकी श्रीमती कोपाली बरालले जोर्डन जान अक्टोबर ५ तारिखको टिकट काटे ।

तर बिदेश नजादै सेप्टेम्बर ३० मा कोपिलाको निधन भयो । यस अघि जोडनमै दुर्घटनामा परेकी उनि नेपाल आएको बेलासमेत उपचार गराईरहेकी थिईन् । २० लाख बराबरको आफ्नो कम्पनीले दिने पैसा लिन उनि श्रीमानसँग जोडन जादै थिईन् । टिकटको दिन भन्दा ५ दिन अघि उन्को मृत्यु भयो ।

श्रीमतीको मृत्यु भएपछि उनकी श्रीमान शिवकुमार श्रेष्ठले फ्लाई दुवईको टिकट क्यान्सील गरे । १ लाख ४७ हजार बराबरको राउण्ड टिकटको पैसा फिर्ता लिन उन्ले श्रीमतीको मृत्यु प्रमाणपत्रसहित आवश्यक सबै डकुमेन्ट एयरलायन्सलाई पठाए । तर फ्लाई दुबईमा कार्यरत डोल्मा नामक कर्मचारीले उनिहरुले पैसा फिर्ता नपाउने भनेपछि उनलाई सहयोग गर्ने व्यक्ति हाम्रो कार्यालय आए ।

हामीले पनि कार्यालय बाटै यस विषयमा बुझ्न फ्लाई दुवईको कार्यालयमा सम्पर्क गर्‍यौ। डोल्मा बिदामा रहेको भन्दै शुरुमा त एयरलायन्सका कर्मचारी राम्ररी कुरा पनि गर्न मानेनन् । तर पछि एक जना महिलाले आफुहरुले पुन फ्लाई दुबईको केन्द्रीय कार्यालयमा इमेल पठाउने र टिकटको पैसा फिर्ता पाउने नपाउने बिषयमा परिवारलाई जानकारी गराउने बताईन् ।

यात्रा गर्नु पूर्व कुनै पनि यात्रुको मृत्यु भएमा टिकटको पैसा फिर्ता गर्नु पर्ने अन्तराष्ट्रिय नियम नै छ । तर बैदेशिक रोजगारीमा जाने सोझा साझा नेपालीहरुलाई भने फ्लाई दुबई जस्ता एयरलायन्स कम्पनीले दुख दिदै आएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...