News Portal

  • पल शाह प्रकरण : नाबालिगका बाबुले पनि बयान फेरे

    हिमालीसंचार संवाददाता
    १३६ पटक

    तनहुँ – अभिनेता पल शाह प्रकरणमा पीडित नाबालिगका बाबुले पनि बयान फेरेका छन् । तनहुँ जिल्ला अदालतमा मंगलबार भएको बकपत्रमा पीडितका बाबुले ‘छोरीले भनेअनुसार नै हो मलाई अरु केही थाहा भएन’ भन्दै बयान फेरेको जिल्ला अदालत तनहुँका श्रेस्तेदार मिनबहादुर कुंवरले बताए ।

    ‘उनले यसअघि सरकारी वकिलसमक्ष दिएको बयानभन्दा अदालतमा फरक बयान दिएका छन्’, श्रेस्तेदार कुंवरले भने, ‘पहिलाको भन्दा विपरीत बयान दिँदै नाबालिगका बुबाले जबर्जस्ती करणी भएको रहेनछ, मैले बल्ल थापा पाएँ, अरुको उत्साहटमा जाहेरी दिएको भनेका छन् ।’

    यस्तै, नाबालिग पीडितले बकपत्रमा बयान फेरेपछि उनका बाबुले पनि ‘होस्टाइल’ भई बकपत्रका क्रममा जबर्जस्ती करणी नभएको भनेर बयान दिएको सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्ता रामचन्द्र शर्माले बताए । पीडितका बाबुलाई उद्धृत गर्दै उनले भने, ‘मैले केही देखिनँ, व्यहोरा त्यतिबेला मैले सुनेर दिएँ अहिले बुझ्दा होइन कि जस्तो लाग्छ भन्नुभयो ।’

    यद्यपि उक्त बयानले मात्रै प्रतिवादी छुट्ने आधार बन्न नसक्ने कानुन व्यवसायीहरू बताउँछन् । यसअघि गत आइतबार पीडित नाबालिगले पनि बयान फेरेकी थिइन् । आफूले दबाबमा आएर त्यस्तो आरोप लगाएको पीडितको बयान थियो ।

    नाबालिगलाई जबर्जस्ती करणी गरेको भन्दै गत फागुन ११ गते उनका बुबाले प्रहरी कार्यालय तनहुँमा अभिनेता शाहबिरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भएको ५ दिनपछि प्रहरीको सम्पर्कमा आएका शाहलाई अनुसन्धानको लागि तीन पटक जिल्ला अदालतबाट म्याद थप भएको थियो ।

    गत चैत १० गते जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजालसले शाहलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । शाहविरुद्ध नाबालिगले गत फागुन १६ गते नवलपरासीमा पनि जबर्जस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् । उक्त मुद्दामा पनि नवलपरासी अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

    अदालतको आदेश बदर गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भइसकेको छ । अभिनेता शाहलाई बुधबार नवलपुर अदालत लगिने भएको छ । तनहुँ जिल्ला अदलतमा वैशाख १९ गते पेसी रहेको अदालतका श्रेस्तेदार कुंवरले जानकारी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...

    सभामुखमाथि लिङ्देनको आरोप : संसदको इतिहासमै कालो अध्याय रचिएको दाबी

    काठमाडौं, असार ३० — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले सभामुख देवराज घिमिरेमाथि कडा...

    स्पेन प्रकरण : भिसा काण्ड छानबिन गर्न गृह मन्त्रालयमा उच्चस्तरीय छलफल

    काठमाडौं, असार ३० – स्पेनमा आयोजित एक अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराउने भन्दै अनधिकृत रूपमा भिसा...