News Portal

नेपाली सेनामा पत्रकारको आवश्यक्ता

हिमालीसंचार संवाददाता
२०५ पटक

काठमाडौं – नेपाली सेनाले आफ्नो मिडियामा काम गर्ने पत्रकारका लागि भर्ना खोलेको छ । आम सञ्चार तथा पत्रकारितामा स्नातक गरेकाहरूका लागि अधिकृत तह प्राविधिक उपसेनानी (समाचार सम्पादक/वाचक) का लागि ३ जनाको आबश्यक्ता रहेको जंगी अड्डाले जनाएको छ ।

जसमा योग्यता पुगेका इच्छुक उमेदवारले नेपाली सेनाको वेबसाइटमार्फत अनलाइन दरखास्त फाराम भरी त्यसको प्रिन्टसहित स्वयम् उपस्थित भएर दरखास्त दिन सक्ने जनाएको छ । तीन जनामध्ये खुल्लातर्फ २ र आदिवासीतर्फ एक जना पदपूर्ति गर्ने सेनाले जनाएको छ ।  

त्यसरी दरखास्त दिन चाहनेका लागि पुरुषको हकमा १८ वर्ष पुरा भई २९ वर्ष ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनुपर्नेछ । छनौट भएका उमेदवारहरूले नेपाली सेनाको मिडिया (सिपाही पाक्षिक पत्रिका, नेपाली सैनिक रेडियो कार्यक्रम, माटोले माग्दैन आफैले दिनुपर्छ टेलिभिजन कार्यक्रम र अनलाइन) मा कार्य गर्नुपर्ने र कार्यक्षेत्र जंगी अड्डा भद्रकाली रहने सेनाले जनाएको छ ।

इच्छुकलाई गत चैत १४ देखि ७९ बैशाख १४ सम्म र वैशाख १४ गतेदेखि २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने पनि सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...