
धरान – आज बिहान भेडेटार-धरान सडक खण्डमा बस र ट्याम्पो जुध्दा ट्याम्पो चालकको घटना स्थलमा नै मृत्यु भएको छ । धरानबाट भेडेटार जाँदै गरेको को १ ख ४४८० नम्बरको बस र भेडेटारबाट धरान तर्फ आउँदै गरेको २ ह ७०४१ नम्बरको ट्याम्पो एक आपसमा जुध्दा टेम्पो चालकको मृत्यु भएको हो।
घटना हुने वित्तिकै सागर सरगम चेम्जोङले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत घटनका जानकारी दिएका थिए। धटना भेडेटारदेखि धरान तर्फको सडक खण्ड दुई घुम्ती तल करिब १ किलोमिटर तल एकआपसमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायका अनुसार मृत्यु हुने ट्याम्पो चालक भरौल-५ सुनसरीका अन्दाजी ४० वर्षीय खड्गबहादुर कामी रहेका छन् । टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको छ। ट्याम्पोमा सवार ताप्लेजुङ लिखुम-२ बस्ने १५ बर्षीय उषा लिम्बु गम्भीर घाइते भएको र उनको स्थानीयले उद्धार गरी अस्पताल पठाएको बताइएको छ ।
बस चालक धरान-१७ का ४५ वर्षीय गोविन्दबहादुर कटुवाल रहेको प्रहरीले बताएको छ। बस चालक र बललाई इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।