News Portal

मोरङको रंगेलीमा म्यादी प्रहरीलाई १० दिने तालिम दिन शुरु

हिमालीसंचार संवाददाता
२०२ पटक

रबिन्द्र बराल/मोरङ – आगामी  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मोरङको रंगेली प्रहरीले ३ सय १० जना म्यादी प्रहरीका लागि तालिम सुरु गरेको छ ।

निर्वाचनका लागि थप सुरक्षाकर्मी आवश्यक पर्ने भएकाले भर्ना गर्न गरिएको म्यादी प्रहरीलाई तालिम दिन थालिएको हो। रंगेली स्थित पव्लिक उच्च माध्यमिक बिधालयको खेल मैदानमा म्यादी प्रहरीका लागि १० दिने तालिम सुरु भएको हो । सो तालिममा ६ वटा विभिन्न समहु बनाई तालिम सुरु गरेको रंगेली प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बिहान ७ बजेदेखि ९ बजेसम्म परेड गराउनुका साथै ११ बजेपछि म्यादि प्रहरीले चुनावमा गर्नुपर्ने काम,कर्तव्य, भुगोल तथा प्रहरीले आवश्यकता अनुसारको बिषयमा प्रक्षिक्षण दिने बताएको छ । रंगेलीमा २ सय ५८ जना पुरुष र ५२ जना महिला म्यादी प्रहरीको तालिम शुरु भएको इलाका प्रहरी कार्यालय रंगेलीका साहयक निरिक्षक देव पुकार यादवले हिमालीसंचारडकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...