News Portal

  • मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत विद्यार्थी रिहा

    हिमालीसंचार संवाददाता
    १८५ पटक

    धरान – मानव हड्डीसहित पक्राउ परेका एमबिबिएस अध्ययनरत वीपी प्रतिष्ठान धरानका विद्यार्थी आदित्य सिन्हा रिहा भएका छन् ।

    मानव खप्पर ४६ थान हड्डीसहित विराटनगर महानगरपालिका-१५, रानी नाकाको एक नम्बर ढाटबाट पक्राउ गरिएका उनलाई बुधवार रिहा गरिएको हो।

    पढाइ सकेर घर फर्किएका सिन्हाको झोलाभित्र प्रहरीले मानव खप्पर एउटा, खुट्टाको हड्डी, हातको हड्डी, करङ, बङ्गाराको हड्डी, काँधको हड्डी, घाँटीको हड्डी, हिपको हड्डी, ढाड, औँला र कुर्कुच्चाको हड्डी बरामद गरेको थियो। सिन्हा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबिबिएस अन्तिम वर्ष अध्ययनरत विद्यार्थी हुन् । उनी सन् २०१६ मा प्रतिष्ठानमा भर्ना भएका थिए । 

    धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुधवार प्रहरीलाई पत्र पठाउँदै सिन्हा प्रतिष्ठानमा एमबिबिएस तेस्रो वर्षका विद्यार्थी भएको र उनले अध्ययन प्रयोजनका लागि ती सामाग्री बोकेर हिँडेको भन्दै रिहाइका लागि अनुरोध गरेको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

    जेनजी आन्दोलन घटनामा गृह मन्त्रालय सक्रिय, पक्राउबारे छलफल तीव्र

    काठमाडौँ, असोज २१ – भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको मृत्यु भएपछि राजनीतिक र...