आज : २०२६-०९-२१, सोमबार

इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक खड्काको बिदाई

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिका स्थित इलाका प्रहरी कार्यालय रंगेलीमा १८ महिनादेखि अधि इलाका प्रहरी कार्यालय रंगेलीबाट खड्काको विदाई गरिएको छ।

प्रहरी निरीक्षक खड्कालाई केही दिन अगाडि कार्यालयमा पुगेर  मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, नेपाली सेना थलाहाका प्रमुख सेनानी अमृत थापा मगर,  जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइराला, सशस्त्र  प्रहरी बल मोरङका प्रमुख राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक वासुदेव सिग्देल लगायतका अधिकारीहरुले बिदाइ गरेका हुन ।  

स्थानी पत्रकार, जनप्रतिनिधि लगायत समाजसेवी महानुभावहरुले समेत प्रहरी निरीक्षक खड्कालाई संयुक्त रुपमा खादा ओढाई विदाई गरेका थिए।