News Portal

मिनिल्याण्ड बोर्डिङ स्कुलले अभिभावकसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो

हिमालीसंचार संवाददाता
२३९ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा रहेको मिनिल्याण्ड इंलिस बोर्डिङ स्कुल रंगेलीले अन्तरक्रिया कार्यक्रम गराएको छ ।  नर्सरीदेखि कक्षा १ सम्मका बिधार्थीका अभिभावकहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम  गरेको हो ।

बिधालयले बिगतदेखि वर्तमानसम्म आफ्नो विधालयले गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा समेत अभिभावकहरुसंग आफ्ना महत्वपूर्ण कुराहरु राखेका थिए । रंगेली नगरपालिका ७ स्थित मेलिना गेष्ट हाउसको सभाहलमा अन्तक्रिर्या गरेको थियो। बिधालयले आगामी शैक्षिक सत्रमा विधालयको योजना कसरी गर्ने भन्ने बिषयमा समेत प्रस्तुत गरेको थियो । 

बिधालयले कक्षा १ देखि कक्षा १२ सम्म पठनपाठन हुने विधालयले साना कक्षाका लागि नियमित शैक्षिक तालिमको व्यवस्था समेत गर्दे आईरहेको र आगामी दिनमा समेत बिधार्थीहरुको क्षमत अभिबृद्घिका लागि बिधालयले सदैव यस्ता कार्यक्रमहरु समेत थप गरिदै लैजाने विधालयका प्रिन्सिपल विकर्ण कार्कीले बताए । कार्यक्रममा ट्रेनर तथा प्रि-प्राइमरी लेफल हेर्दै आएकी अन्जु कुसम रेग्मीले बजार केन्द्रित यस्ता तालिमहरु रंगेलीमा संचालनमा आएको हुनाले अब यहाँका बिध्यार्थीले गुणस्तरिय शिक्षाका लागि बाहिर जानु नपर्ने बताईन   

कार्यक्रममा रंगेली नगरपालिकाबाट आएका स्वास्थ्यकर्मीहरुले  पछि समयमा बालबालिकाहरुले स्वास्थ्य खानेकुरा नखाने गरेको हुनाले बालबालिकाहरुमा विभिन्न प्रकारका रोगहरु समेत बढ्ने गरेको समेत जानकारी गराएका थिए । बिधालयले यस्ता कार्यक्रमहरु सदैव अगाडी बडाउनु पर्ने र यस्ता कार्यक्रमले अभिमावकहरुले समेत आफ्नो बालबालिकाको बिषयमा प्रत्यक्ष रुपमा शिक्षकहरुसंग आफ्ना धारणा राख्न पाउँदा आफूहरु खुशि भएको अबिभावकहरुले बताए ।  

कार्यक्रममा बिधालयका प्रिन्सिपल बिकर्ण कार्की, शिक्षक अबिषेक अधिकारी, कोडिनेटर प्रतिक्षा कार्की, अनुपा अधिकारी, अम्बिका पोख्रेल, सारदा पुरी गांगा कटुवाल  लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रम नयाँ वर्षको शुभकामना आदानप्रदान समेत गरेका थिए। अभिभावकहरुले यस्ता कार्यक्रम विधालयले समय समयमा कार्यक्रम आयोजना गर्दै जानु पर्ने बताए। 

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...