News Portal

  • पत्रकार आचार संहिता बल्ल थाहा पाएँ, अब पालना गर्छु : ऋषि धमला

    हिमालीसंचार संवाददाता
    १५२ पटक

    काठमाडौं – सञ्चारकर्मी ऋषि धमलाले प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर पत्रकार आचार संहिता पालना गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो ।

    सञ्चारकर्मी धमलाले आफूलाई पत्रकार आचारसंहिताबारे थाहा नभएको र अब पालना गर्ने बताएका छन् । उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलका सूचना अधिकारी रामशरण बोहोराले जानकारी दिए । 

    प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले प्रधानमन्त्री देउवा बसेको स्थानमा पुग्ने प्रयास गरेका थिए । सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो । धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि कार्यालय बोलाएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...