News Portal

  • नासा ईन्भेष्टमेन्ट प्रालिको शाखा सुनसरीको इनरुवामा उद्धाटन

    हिमालीसंचार संवाददाता
    ३३२ पटक

     

    रबिन्द्र बराल/मोरङ – सुनसरी जिल्लाको सदरमुकाम इनरुवामा नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो शाखा कार्यालय उद्घाटन गरेको छ। एक कार्यक्रमको आयोजना गरेर नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो पहिलो शाखा इनरुवामा उद्घाटन गरेको हो । 

    मोरङ जिल्लाको विराटनगरलाई केन्द्र बनाएर विभिन्न क्षेत्रमा सेवा प्रवाह गर्दै आएको नासा ईन्भेष्टमेन्ट प्रालिले सुनसरी जिल्लाको सदरमुकाम समेत रहेको इनरुवामा सेवा विस्तार गरेको नासा ईन्भेष्टमेन्ट प्रालिका प्रमुख अरबिन्द मेहेताले हिमालीसंचारडटकमलाई जानकारी दिए। 

    नेपाल स्टक एक्सचेञ्ज नेप्सेकाका पुर्व कार्यकारी अधिकृत सीईओ चन्द्र सिंह साउत र जिल्ला प्रसाशन कार्यालय सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले सयुक्त शाखा कार्यालयको उद्घाटन गरेका छन्। 

    त्यस्तै, प्रालिको शाखा कार्यालय उद्धानसंगै इनरुवामा सर्वसाधरणका लागि निशुल्क स्वास्थ्य सेवा संचालन गरेका थिए। आखा, कान नाक घाटी स्वास्थ्य शिबिर, रक्तदान कार्यक्रम समेत नासाले आयोजना गरेको थियो। 

    आयोजित कार्यक्रममा सास्कृतिक एंवम् सागीतिक कार्यक्रम समेत रहेको थियो ।  बरिष्ठ गायक रामा मण्डल, गायक प्रितम आचार्य, नितिन गजुरेल, प्रवालादीप बिश्वाश र प्रकाश अनुरागले आफ्नो प्रस्तुति दिएका थिए। नासा ईन्भेष्टमेन्ट प्रालिले आफ्नो दोस्रो शाखा आगामी २७ गते सुनसरीको देवानगंजमा उद्घाटन गर्ने कार्यक्रम रहेको प्रालिका प्रमुख अरविन्द मेरताले हिमालीसंचारडटकमसंग बताए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...

    श्री पशुपतिनाथ शन्तानेश्वर महादेव मन्दिरको भव्य उद्घाटन सम्पन्न

    समीर कुमार अधिकारी (द्रुपद)/ काठमाडौं १० –  २०८२ साल कात्तिक ९ गते, आइतबार (पंन्चमी तिथी)...

    आज २०८२ साल कार्तिक १० गतेको राशिफल

    आज कार्तिक १०, २०८२ (अक्टोबर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...