News Portal

  • सडक हेरालुलाई यातायात व्यवसायीको सम्मान, लाखौ पारिश्रमिक नपाएको तामाङको गुनासो

    हिमालीसंचार संवाददाता
    १४९ पटक

    खोटाङ – खोटाङ यातायात प्रालिले सडक हेरालु हर्कराज तामाङलाई आज सम्मान गरेको छ । दिक्तेल–हलेसी सडक कच्ची भएको समयदेखि एक दशकसम्म यातायात सञ्चालनमा पुर्‍याएको योगदानको कदर गर्दै यातायात प्रालिले तामाङलाई नगद रु. ३५ हजार ५५५ सहित सम्मान–पत्र प्रदान गरेको छ ।

    किरातचोक रत्नपार्क स्थित काउण्टर अगाडि शुक्रबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति तिर्थराज भट्टराई, खोटाङ यातायात प्रालिका अध्यक्ष टेकेन्द्र राई, प्रालिका प्रमुख सल्लाहकार बुद्धिबिनोद लुईटेल लगायतले सडक हेरालु तामाङलाई दोसल्ला ओढाएर नगद तथा सम्मान–पत्र प्रदान गरी सम्मान गरेका हुन। 

    खोटाङ जिल्लामा हेलीकोप्टरबाट सवारी साधन भित्र्याएर यातायात सञ्चालन सुरु गरिएको जिल्लामा २०६३ सालदेखि २०७४ सालसम्म तामाङले वर्षादको समयमा पनी सडक मर्मत गर्दै सवारी साधन सञ्चालनमा सहयोग पुर्‍याएका थिए ।

    पुष्पपाल मध्यपहाडी लोकमार्ग अन्तरगत पर्ने हलेसी–दिक्तेल सडक कालोपत्रेको विस २०७६ सालमा सम्पन्न भएको हो । सोही कालोपत्रे हुनुभन्दा अगाडि तामाङले एक दशक बढी समयसम्म सडक हेरालुका रुपमा काम गरेका थिए ।

    जिल्लामा यातायातका साधनहरु पर्याप्त मात्रामा भित्रिदै जाँदा सडकको अबस्था खराव अवस्थाको कारण दिक्तेलबाट छुटेका मालबाहक वा यात्रुबाहक सवारी साधन कारागार नजिक, हुर्लुङसम्म पुगेर बस्नुपर्ने परिस्थितिलाई बिर्सन सकिन्न,’ खोटाङ यातायात प्रालिका अध्यक्ष राईले भने, ‘दिक्तेलदेखि हलेसीसम्म सवारी साधनहरु नरोकियोस् र यात्रुले दुःख भोग्न नपरोस् भनेर बिहानदेखि बेलुकासम्म पानी, झरी, दिनरात नभनी सडकमा खटिएर खोटाङ्गे माटोमा पुर्‍याउनु भएको उल्लेखनीय योगदानको उच्च कदर गर्दछौँ ।’

    तामाङले पाएनन् ५ लाख ७७ हजार ५०० पारिश्रमिकः गाउँको कच्ची सडकमा गाडी गुड्न थालेको खुसीयालीमा स्वतःस्फुर्तरुपमा सडक मर्मत सुरु गरेका तामाङलाई तत्कालिन जिल्ला बिकास समितिले २०६३ माघदेखि सडक हेरालुकारुपमा नियुक्ती गरेको थियो ।

    मासिक ८ हजार सेवा सुविधा दिनेगरी सडक हेरालुकारुपमा नियुक्ति दिएको जिल्ला बिकास समितिले २०६९ सालमा उनको मासिक तलव १० हजार ५ सय पुर्‍याएको थियो । तामाङले तलव बृद्धिपछि १० महिनासम्म तलव पाए पनि २०५९ साल फागुनदेखि २०७३ साल असोजसम्मको करिब ५ लाख ७७ हजार ५०० पारिश्रमिक नपाएको गुनासो गरेका छन् ।

    जिल्ला विकास समिति मातहत सञ्चालनमा रहेको दिक्तेल–हलेसी सडक डिभिजन कार्यालय हर्कपुर, ओखलढुंगालाई हस्तान्तरण भएको केही समय पछिदेखि तामाङको पारिश्रमिक रोकिएको थियो ।

    आफ्नो पारिश्रमिक निम्ति तामाङले १४ चैत २०७० मा तत्कालिन स्थानीय विकास अधिकारी युवराज अधिकारी, २३ भदौ २०७१ मा निमित्त स्थानीय बिकास अधिकारी रविकिरण आचार्य र २७ असार २०७२ मा स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटा समक्ष निवेदन दिएका थिए ।

    तामाङको निवेदनका आधारमा तत्कालिन जिल्ला विकास समितिले १४ चैत २०७० र २३ भदौ २०७१ मा पारिश्रमिक दिनका लागि सडक डिभिजन कार्यालय समक्ष सिफारिस गरेको भएपनी अझै तामाङले पारिश्रमिक पाएका छैनन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    कुवेत पठाईदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडाैं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक...

    आज २०८२ साल साउन ३ गतेको राशिफल

    आज साउन ३, २०८२ (जुलाई १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड २०२५’ प्रदान गरिने

    काठमाडौँ, साउन २ – नेपालका दुई चर्चित व्यक्तित्व—सामाजिक अभियानमा क्रियाशील राप्रपा नेता ज्ञानेन्द्र शाही र...

    शनिबार रातिदेखि देशभर मनसुनी वर्षा तीव्र हुने, ३६ जिल्लामा बाढीको जोखिम

    काठमाडौं, साउन २ – शनिबार रातिदेखि नेपालभर मनसुन सक्रिय हुँदै अत्यधिक वर्षा हुने जल तथा...