News Portal

  • एनआरएनए एनसीसी पोल्याण्डले लामिछाने-महतोको समुहसँग समन्वय नगर्ने धोषणा

    हिमालीसंचार संवाददाता
    १५० पटक

    पोल्याण्ड – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) पोल्याण्डले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो र पूर्वअध्यक्ष जिबा लामिछानेले ठेक्कामा बनाएको अन्तराष्ट्रिय समन्वय परिषदको टोलीसँग समन्वय नगर्ने भएको छ।

    गत मार्च महिनाको २२ तारिखदेखि २५ तारिखसम्म होटल याक एण्ड यतिमा नेपालमा भएको १० औं महाधिवेशनद्वारा निर्वाचित बिनोद कुँवरको नेतृत्व नै आधिकारिक हुने कुरा सर्वत्र चर्चा चलिरहेको सनयमा पोल्याण्डबाट यस्तो बक्तब्य सार्वजनिक भएको हो।

    बिगत देखि नै लामिछाने-महतोले व्यक्तिहरुलाई नेतृत्वमा पुर्याए बापत उम्मेदवारहरुबाट कमिशन लिने गरेको श्रोतको दावी रहेको छ । यो पटक उनीहरुले ५० करोडको सेटिङ्ग ठेक्काको बजेटमा आफूहरुलाई १० करोड निकाल्ने सेटिङ गरेको नेतृत्वको जम्बो टोली बनाएको श्रोतको दाबी छ। त्यसलाई पुरा गर्न मनोनयनको संख्या २०० भन्दा धेरै पुर्याएको ब्यबहारले समेत पुष्टि गरेको छ।  

    उम्मेदवारहरुले मनोनयन शुल्क बाहेक अरु पैसा तिर्नुपर्ने कुरा बढ्दै आएपछि विवाद चरम उत्कर्षमा पुगेको हो। त्यसैको फलस्वरूप मनोनित भनिएका धेरैले पदत्याग गर्दै छन् ।

    यस विषयमा पहिलो पटक एनसीसी पोल्याण्डको विज्ञप्तिमा विधान सम्मत निर्वाचन प्रकृया पुरा नगरिकन जम्बो कार्यसमिति राजनैतिक भागवण्डाका आधारमा मनोनयन हुंदा राष्ट्रिय समन्वय परिषदहरूको साख घटेको, काम गर्न अन्योल बढेको, एनआरएनए जस्तो गैरराजनैतिक संगठनको छवि विश्वभर रहेका नेपालीहरूको शाख गिराउने काम भएकाले एनआरएनए पोल्याण्ड यस्तो कार्यको घोर विरोध गर्दछ।

    निकट भविश्यमा प्रजातान्त्रिक पद्धतिलाई अवलम्बन गरी विधि विधान अनुसार राजनीतिक भागवण्डा छोडी, निस्वार्थ रूपमा नया कार्यसमिति कठन भएमा पुनःसमन्वय गरी अगाडि बढ्ने समेत जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...