News Portal

एनआरएन नवनिर्वाचित पदाधिकारीलेनै तिरेनन् उम्मेदवारी शुल्क

हिमालीसंचार संवाददाता
२४० पटक

गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अधिकांस पदाधिकारीहरुले आफ्नो उम्मेदवारी शुल्क नतिरेको भेटिएको छ।गैरआवासीय नेपाली संघ स्रोतका अनुसार मार्च अन्तिम साता भएको १० औं महाधिवेशनमा उम्मेदवारी शुल्क नतिर्नेहरुमा अध्यक्ष कुल आचार्यनिकटवर्तीहरु धेरै छन्।सर्वसम्मतबाट चयन भएको सो निर्वाचनमा सपथग्रहण गर्नुअघिनै उम्मेदवारी शुल्क तिर्नु पर्ने निर्देशन जारी गरिए पनि पदाधिकारीहरुले आआफ्नो उम्मेदवारी शुल्क नतिरी सपथ लिएर प्रमाणपत्र बुझेका थिए।स्रोतका अनुसार संघको उम्मेदवारी शुल्क र बिभिन्न परियोजनाको लागि गरेका प्रतिबद्धता सहित पदाधिकारीहरुको मात्र करिब ५ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ।

आइसीसी सदस्य शुल्क, सचिवालय संचालन खर्च (लेवी), उम्मेदवारी शुल्क, बिभिन्न परियोजना लगायतको शिर्षकमा पैसा उठ्न बाँकी रहेको एनआरएनए स्रोतले जनाएको छ ।उपाध्यक्ष आरके शर्मा १९ लाख ७० हजार, विष्णुमाया परियार ८ लाख ५० हजार, प्रविण गुरुङ ९ लाख ५० हजार, रोविन्द्र श्रेष्ठ ५ लाख २२ हजार, राज रेग्मी ७ लाख, गंगाधार गौतम ६ लाख ५० हजार, राजन त्रिपाठी ७ लाख, सोम सापकोटा ६ लाख ६५ हजार रुपैयाँ, शुल्क तथा परियोजनामा गरिएको प्रतिबद्धता उठ्न बाँकी रहेको छ।

एनआरएनए स्रोतका अनुसार बाँकी रहेको बकौता तिर्न पदाधिकारीहरुलाई भोलि शनिवार सम्मको समय दिइएको छ। उम्मेदवारी शुल्क नतिरेका पदाधिकारीहरु संघको बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने संघभित्र अन्योल कायम छ।उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारहरुमा नारायण काफ्ले, योगिता थापा, विमला सापकोटा, कृष्ण दत्ता भट्ट, केशव सापकोटा, पद्मा भण्डारी, पशुपति पाण्डे, युवराज न्यौपाने, सरिता भण्डारी, बन्दना कोइराला, वर्षा खड्का, सरिता भण्डारी, सञ्जना कार्की, सागर उप्रेती, अफ्रिका विनोद रुवाली (सुरेश), बालकृष्ण मरासिनी, खुश्बु घिमिरे, सुनिता थापा, दीपक न्यौपाने र विजय धामी रहेका छन्।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...