News Portal

  • एनआरएन नवनिर्वाचित पदाधिकारीलेनै तिरेनन् उम्मेदवारी शुल्क

    हिमालीसंचार संवाददाता
    १७८ पटक

    गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अधिकांस पदाधिकारीहरुले आफ्नो उम्मेदवारी शुल्क नतिरेको भेटिएको छ।गैरआवासीय नेपाली संघ स्रोतका अनुसार मार्च अन्तिम साता भएको १० औं महाधिवेशनमा उम्मेदवारी शुल्क नतिर्नेहरुमा अध्यक्ष कुल आचार्यनिकटवर्तीहरु धेरै छन्।सर्वसम्मतबाट चयन भएको सो निर्वाचनमा सपथग्रहण गर्नुअघिनै उम्मेदवारी शुल्क तिर्नु पर्ने निर्देशन जारी गरिए पनि पदाधिकारीहरुले आआफ्नो उम्मेदवारी शुल्क नतिरी सपथ लिएर प्रमाणपत्र बुझेका थिए।स्रोतका अनुसार संघको उम्मेदवारी शुल्क र बिभिन्न परियोजनाको लागि गरेका प्रतिबद्धता सहित पदाधिकारीहरुको मात्र करिब ५ करोड रुपैयाँ उठ्न बाँकी रहेको छ।

    आइसीसी सदस्य शुल्क, सचिवालय संचालन खर्च (लेवी), उम्मेदवारी शुल्क, बिभिन्न परियोजना लगायतको शिर्षकमा पैसा उठ्न बाँकी रहेको एनआरएनए स्रोतले जनाएको छ ।उपाध्यक्ष आरके शर्मा १९ लाख ७० हजार, विष्णुमाया परियार ८ लाख ५० हजार, प्रविण गुरुङ ९ लाख ५० हजार, रोविन्द्र श्रेष्ठ ५ लाख २२ हजार, राज रेग्मी ७ लाख, गंगाधार गौतम ६ लाख ५० हजार, राजन त्रिपाठी ७ लाख, सोम सापकोटा ६ लाख ६५ हजार रुपैयाँ, शुल्क तथा परियोजनामा गरिएको प्रतिबद्धता उठ्न बाँकी रहेको छ।

    एनआरएनए स्रोतका अनुसार बाँकी रहेको बकौता तिर्न पदाधिकारीहरुलाई भोलि शनिवार सम्मको समय दिइएको छ। उम्मेदवारी शुल्क नतिरेका पदाधिकारीहरु संघको बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयमा भने संघभित्र अन्योल कायम छ।उम्मेदवारी शुल्क नतिर्ने पदाधिकारहरुमा नारायण काफ्ले, योगिता थापा, विमला सापकोटा, कृष्ण दत्ता भट्ट, केशव सापकोटा, पद्मा भण्डारी, पशुपति पाण्डे, युवराज न्यौपाने, सरिता भण्डारी, बन्दना कोइराला, वर्षा खड्का, सरिता भण्डारी, सञ्जना कार्की, सागर उप्रेती, अफ्रिका विनोद रुवाली (सुरेश), बालकृष्ण मरासिनी, खुश्बु घिमिरे, सुनिता थापा, दीपक न्यौपाने र विजय धामी रहेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी रूपमा पनि अघि बढ्छौं : अध्यक्ष महेश कुमार श्रेष्ठ

    काठमाडौँ, साउन ४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको...

    दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, चारपांग्रे सवारी चल्न नसक्ने

    दोलखा, साउन ४ – अविरल वर्षासँगै आएको पहिरो र खहरे खोलाको बाढीका कारण दोलखाका दुई...

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६,...

    ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर...

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...