News Portal

  • ऐसेलुखर्क गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षले गाडी फिर्ता गरे

    हिमालीसंचार संवाददाता
    २१२ पटक

    खोटाङ – खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् । गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा हिजो शुक्रबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफुले प्रयोग गर्दैआएको सरकारी गाडी फिर्ता गरेका हुन् ।

    गाउँपालिका अध्यक्ष निरौलाले आफुले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफुले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाँबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गरेका छन् ।

    गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गरेका हुन् । ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनकालागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो ।

    गाउँपालिकामा डेढ सय क्षमताको सभाहल उद्घाटनः ऐसेलुखर्क गाउँपालिकाले डेढ सय जना क्षमताको सभाहल निर्माण गरेको छ । कुल ४७ लाख ७६ हजार ८०८ रुपैयाँमा समिक्षा निर्माण सेवा, सुनसरीले निर्माण गरेको सभाहल शुक्रबार उद्घाटन गरिएको हो ।

    सभाहलमा ५० जना अट्ने स्टेज, करिब सय जना अट्ने ८ स्टेपको प्याराफिट, दुई वटा स्टोर रुम, तीन वटा धारा लगायतका संरचना बनाइएको छ । उक्त सभाहल उद्घाटन लगत्तै विशेषसभा सञ्चालन गरिएको थियो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...

    विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनका लागि हस्ताक्षर अपिल

    काठमाडौं, असोज २१ — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूलाई असोज...

    सिंहदरबारमा राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठक, राहत प्याकेजमा छलफल

    काठमाडौं, असोज २१ — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...