News Portal

सरकारले आज साँझ बसेको मन्त्रिपरिषद बैठकले २० राजदूत सिफारिस गर्यो

हिमालीसंचार संवाददाता
२३४ पटक

काठमाडौं – नेपाल सरकारले लामो समयदेखि रिक्त रहेका विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ। बिहीबार साँझबाट परराष्ट्र  सेवाका ८ र अरू विभिन्न क्षेत्रबाट १२ जनालाई राजदूत सिफारिस गरेको हो।

उत्तरी छिमेकी चीनका लागि राजदूतमा बिष्णुपुकार श्रेष्ठ सिफाररिस भएका छन्। उनी माओवादी केन्द्रको कोटामा राजदूत सिफारिस भएका हुन्। भोलिदेखि निर्वाचन आयोगले आचार संहिता लागू गर्ने भएकाले सरकारले आजै राजदूत सिफारिस गरेको हो।  

सिफारिस व्यक्तिहरू संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राजदूत नियुक्त हुनेछन्। राजदूत सिफारिस भएकाहरू: बिष्णुपुकार श्रेष्ठ-  चीन, दानबहादुर तामाङ- दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाल- स्पेन, बासुदेव मिश्र- श्रीलंका, मिलन तुलाधर- रूस, डिल्लीराज पौडेल- मलेसिया, शान्ता रिजाल -इजरायल, नवराज सुवेदी- साउदी अरब, घनश्याम बन्जाडे- बंगलादेश, दुर्गाबहादुर सुवेदी -जापान, निर्मलराज काफ्ले- ब्राजिल, भरतकुमार रेग्मी- अष्ट्रिया, सुशीलकुमार लम्साल – इजिप्ट, कैलाश पोखरेल- अष्ट्रेलिया, ज्योति प्याकुरेल -दक्षिण कोरिया, रामसुरज राय यादव- डेनमार्क, नरेशविक्रम ढकाल, डोरनाथ अर्याल, तिर्थराज वाग्ले, हरिशचन्द्र घिमिरे रहेका छन् । 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...