
नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने बताए।
भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार कार्यक्रम उद्घाटन गर्दै मन्त्री आलेले यस्तो जबाफ दिएका हुन् । उनले भने “पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ ।’
यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । उनले गठबन्धनले कहाँ- कहाँ कसले उम्मेदवारी दिने भन्ने छलफल चलिरहेको पनि बताए ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
