News Portal

मकाउमा पहिलो पटक लोकदोहोरी तथा नेपाली सांस्कृतिक कार्यक्रम हुदै

हिमालीसंचार संवाददाता
६३० पटक

मकाउ – नेपालीहरुको विक्रम सम्बत नया बर्ष २०७९ सालको पावन अबसरमा नेपाली सहयोगी हातहरु मकाउद्वारा टाउन वेल्स रेष्टुरेन्ट मकाउ स्थित मकाउमै पहिलो पटक लाईभ दोहोरी सास्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपाली सहयोगी हातहरु मकाउले आगामी अप्रिल १४ तारिख बिहिबार नेपाली नया बर्ष विस २०७९ सालको अबसरमा नेपाली कल्चरल इभेन्ट इन मकाउ कार्यक्रम आयोजना गर्न लागेको हेल्पिङ हेन्स मकाउका अध्यक्ष सुदर्शन थापा मगरले हिमालीसंचारडटकमसंग बताए। 

अध्यक्ष थापा मगरले मकाउमा रहनु हुने नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा आगामी अप्रिल १४ तारिख बिहिबार Towns wells Restaurant Sanmalo आयोजना हुन गइरहेको सास्कृतिक कार्यक्रम साझ ६ः३० बजेबाट शुरु हुन गईरहेको छ। उक्त कार्यक्रममा उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन्। 

मकाउ सरकारले कोभिड-१९ का कारण मकाउ प्रवेशमा कडाई गरिरहेका हुनाले राष्ट्रिय कलाकार आमन्त्रण गर्न सम्भव नभएपछि मकाउमा रहनु भएको स्थानीय कलाकारहरु सुमन रेक्मी र संगीता खनालले लोकभाका र सास्कृतिक गायक समित भुषाल, गायक प्रकाश शर्मा, गायिका कान्ति पनेरु लामीछाने, गायक रोशन महर्जन र सास्कृतिक गायक मिराज थापा लगायद स्थानीय कलाकारहरुले आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले बताए । 

त्यस्तै, सास्कृतिक नृत्यमा पुजा मगर, सञ्जु नगरकोटी, सम्झना तमाखु श्रेष्ठ र आयुष खड्काको बेजोड प्रस्तुति रहने कार्यक्रमको सास्कृतिक अनुगमन मगरसंघ मकाउका बरिष्ठ उपाध्यक्ष राम राना मगरले गर्नु हुने सास्कृतिक संयोजक त्रिपक श्रीस मगरले बताए। 

नेपाली सहयोगी हातहरु मकाउले कोरोना महामारीको विषम परिस्थितिमा समेत मकाउमा रहेका नेपाली समुदायवीच भाईचराको सम्बन्ध कायम राख्न विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ । मकाउमा खेदकूदको आयोजना, स्वास्थ्या सामाग्री वितरण एवम् बार्षिक कार्यक्रम अन्तरगत आफ्नो अन्य सामाजिक कार्यक्रमहरु नेपाली समुदायका लागि प्रवाह गर्दै आईरहेको छ। 

मकाउमा समस्यामा परेका नेपालीहरुका लागि विभिन्न प्रकारका सहयोग देखि हरेक नेपाली मौलिक चाड-पर्वहरुको सुखद अबसरमा भेटघाटको कार्यक्रम आयोजना समेत गर्दै आईरहेको छ। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...