News Portal

इटहरी गोल्डकपको उपाधि नजिक त्रिभुवन आर्मी क्लब

हिमालीसंचार संवाददाता
३२९ पटक

इटहरी – विभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी बाह्रौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।

इटहरी रङ्गशालामा हिजो बुधवार भएको पहिलो सेमिफाइनल खेलमा रोलिङ क्लब झापालाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो ।

डिफेण्डिङ च्याम्पियन आर्मीका लागि टेकबहादुर बुढाथोकी र सन्तोष तामाङले एक एक गोल गरे । बुढाथोकीले ५१ औँ र तामाङले ९० औँ मिनेटमा गोल गरेका थिए । रोलिङ क्लबका लागि विदेशी खेलाडी अजय मार्टिनले अतिरिक्त समयको चौथो मिनेटमा एक गोल फर्काए ।

आर्मीले अब उपाधिका लागि भोलि बिहीबार मनाङ मर्स्याङ्दी क्लब र सगरमाथा फुटबल क्लब मोरङ बिच हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग शनिवार फाइनलमा प्रतिस्पर्धा गर्नेछ। हिजो भएको खेलको म्यान अफ द म्याच आर्मीका टेकबहादुर बुढाथोकी घोषित हुँदै नगद १० हजार पुरस्कार पाए ।फाइनल खेलको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पाउने छन्। 

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...