News Portal

ठाकुरको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाण अस्पतालमा

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । श्वासप्रश्वाशमा समस्या आएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार गराइरहेका ठाकुरको स्वास्थ्य अवस्था बुझ्न बालकृष्ण खाण बुधबार साँझ अस्पताल पुगेका हुन् ।

पार्टी कार्यक्रमका लागि भैरहवामा रहेका ठाकुरलाई छाती दुख्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि भैरहवास्थित भीम अस्पतालमा उपचार गराएर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो ।

 ठाकुरको स्वास्थ्य अवस्थामा सुधार आएको उपचारमा सम्लग्न चिकित्सकहरूले गृहमन्त्री खाणलाई जानकारी गराएका छन् । गृहमन्त्री खाणले प्रधानमन्त्री शेरबहादुर देउवाले पनि स्वास्थ्य अवस्थाबारे जिज्ञासा राखेको ठाकुरलाई सुनाएका थिए। ठाकुरले आफ्नो स्वास्थ्य अवस्थामा सुधार आइरहेको बताएका थिए । 

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...