News Portal

लेटाङ नगरपालिकाले दलित समुदायलाई सिलाई मेसिन वितरण

हिमालीसंचार संवाददाता
२२३ पटक

लेटाङ – मोरङ जिल्लाको लेटाङ नगरपालिका लेटाङले स्थानीय दलित समुदायलाई सिलाई मेसिन आज लेटाङ नगरपालिका  नगरप्रमुख शंकर राईले सिलाई बुनाई ब्यवसाय गर्न चाहाने तर मेसिनको अभावमा बसिरहेका स्थानयी दलित समुदायका उधमीहरुलाई सिलाई मेसिन वितरण गरेका छन् ।

लेटाङ नगरपालिका लेटाङले आत्मनिर्भर र स्वरोजगार बनाउनका लागि सिलाईको तालिम लिएर बसेका दलित समुदायका उधमीहरुलाई सिलाई मेसिन दिएर ब्यवसायिक बनाउनका लागि मेसिन वितरण गरिएको नगरप्रमुख राईले बताए। 

बेरोजगार भएर बस्नु भन्दा सिप सिकेर स्वरोजगार बन्नका लागि नगरपालिकाले सहयोग गर्ने भएकाले त्यस्ता ब्यक्तिहरुले नगरपालिकामा समन्वय गर्न आग्रह गरे । नगर प्रमुखले अन्य ब्यवसाय गर्न चाहानेहरुलाई समेत नगरपालिकाले सहयोग गरिरहेको बताए ।

नगरका प्रत्येक वडाबाट ३ जनाको सहभागिता रहने गरी २७ जना र समितिले छनौट गरेका २ जना गरी २९ जनालाई सिलाई ब्ययवसाय गर्न चाहाने दलित समुदायका स्थानीय ब्यवसायिका लागि सिलाई मेसिन वितरण गरिएको कार्यक्रम संयोजक मुना सार्कीले हिमालीसंचारडटकमसंग बताए । 

सिलाई मेसिन वितरण कार्यक्रममा वडाअध्यक्ष सन्तोष कार्की, कार्यापालिका सदस्यहरु शुसिला बिश्वकर्मा, सिता बिक, राधिका बिक, दलित संघका नगर उपाध्यक्ष कृष्ण बिश्वकर्मा लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...