News Portal

  • लखन थापाबारे ओलीको अभिव्यक्ति विवादमा, फिर्ता लिन मगर संघको माग

    हिमालीसंचार संवाददाता
    १६७ पटक

    बुटवल – नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै अभिव्यक्ति फिर्ता लिन मगर संघले माग गरेको छ।

    केपी ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति मगर संघले आपत्ति जनाएको हो ।

    मगर संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी केपी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाउदै केपी ओलीले दिएको आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।

    पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगर संघले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिएका छन्। 

    केपी ओलीको अभिव्यक्ति सुनियोजित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले ओलीले कम्युनिस्टको नाममा जातिवादी राजनीति गरेको र विभिन्न जाति र समुदायलाई हेप्ने र लान्छना लगाउने गरेको बताए । पूर्वप्रधानमन्त्रीले भ्रामक कुरा गरेर सबै शहीदहरूप्रति गम्भीर अपमान गरेको पनि उपाध्यक्ष विरकट्टा मगरले आरोप लगाए । विस २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । 

    पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, सचिव थर्कबहादुर बाह्रघरे राधिका श्रीस लगायतले केपी ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    २० वर्षको कोमापछि साउदीका ‘स्लिपिङ प्रिन्स’ अल वालिदको निधन

    जेद्दाह, साउन ४ – साउदी शाही परिवारका एक प्रभावशाली सदस्य, राजकुमार अल वालिद बिन खालिद...

    मुग्लिन सडकमा पहिरोको चपेटामा भारतीय सवारी : तीन जना यात्रु घाइते

    चितवन, साउन ४ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आइतबार दिउँसो माथिबाट खसेको ढुंगा एक चलिरहेको...

    अविरल वर्षाले देशभर बाढी र पहिरो, ११ मुख्य राजमार्ग प्रभावित

    देशभर लगातार भइरहेको अविरल वर्षाका कारण विभिन्न स्थानमा बाढी र पहिरोले ठूला क्षति पुर्‍याउँदै गएका...

    १५ वर्षीय बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

    विराटनगर, साउन ४ – उदयपुरका एक १५ वर्षीय बालकको पेटभित्र अड्किएको कैंची नोबेल मेडिकल कलेज...

    सिद्धान्त हराएको राजनिति – कमला थापा

    २०८२ साउन ४ गते। पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी सक्रिय राजनितिमा फर्किने र एमालेको पार्टि अध्यक्ष हुने...