News Portal

लखन थापाबारे ओलीको अभिव्यक्ति विवादमा, फिर्ता लिन मगर संघको माग

हिमालीसंचार संवाददाता
२२५ पटक

बुटवल – नेपाल मगर संघ रुपन्देहीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको प्रथम शहीदबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउदै अभिव्यक्ति फिर्ता लिन मगर संघले माग गरेको छ।

केपी ओलीले गत चैत १८ गत एक कार्यक्रममा नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकाबीर हुन् भनी दिएको अभिव्यक्तिप्रति मगर संघले आपत्ति जनाएको हो ।

मगर संघले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी केपी ओलीको अभिव्यक्तिले शहीद लखन थापा र आम मगर समुदायमाथि अपमान भएको जनाउदै केपी ओलीले दिएको आफ्नो अभिव्यक्ति फिर्ता नलिए नेपाल मगर संघको आसन्न केन्द्रीय महाधिवेशनबाट आन्दोलन घोषणा गर्ने मगर संघका केन्द्रीय उपाध्यक्ष दलबहादुर बिरकट्टा मगरले बताए ।

पटकपटक प्रधानमन्त्री भइसकेका व्यक्तिबाट गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु खेदजनक रहेको भन्दै मगर संघले बाकाबीरको बिषयमा तथ्य पेश गर्न चुनौती दिएका छन्। 

केपी ओलीको अभिव्यक्ति सुनियोजित र षड्यन्त्रपूर्ण रहेको भन्दै उनले ओलीले कम्युनिस्टको नाममा जातिवादी राजनीति गरेको र विभिन्न जाति र समुदायलाई हेप्ने र लान्छना लगाउने गरेको बताए । पूर्वप्रधानमन्त्रीले भ्रामक कुरा गरेर सबै शहीदहरूप्रति गम्भीर अपमान गरेको पनि उपाध्यक्ष विरकट्टा मगरले आरोप लगाए । विस २०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । 

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष आनबहादुर सोती, सचिव थर्कबहादुर बाह्रघरे राधिका श्रीस लगायतले केपी ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए देशब्यापी आन्दोलन गर्ने चेतावनी दिए ।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...